निर्वाचन भए पनि संविधान बन्नेमा शेखरको आशंका

१२ जेष्ठ २०७०, आईतवार ११:४१ मा प्रकाशित

काठमाडौं, १२ जेठ । सरकारको कार्यशैलीप्रति प्रमुख चार राजनीतिक शक्तिहरु नै असन्तुष्ट देखिन थालेको बेला कांग्रेसका नेता शेखर कोइरालाले प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले तत्काल राजीनामा दिनुपर्ने धारणा दोहोर्याएका छन् । रेग्मीले राजीनामा दिए मात्र निर्वाचनको वातावरण बन्ने शेखरको तर्क छ । 
पार्टीको संगठन सुधार, विवाद समाधान र निर्वाचनको तयारीको बारेमा जानकारी लिन शनिबार सिरहा सदरमुकाम पुगेका नेता कोइरालाले प्रधानमन्त्रीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिए मात्रै उपेन्द्र, बैद्य समूहसँग वार्ताको वातावरण बन्ने बताए । उपेन्द्र, बैद्य, जनजाती लगायतका समूह संविधानसभाको निर्वाचनमा सहभागी नभए निर्वाचन भए पनि संविधान नबन्ने उनले ठोकुवा गरे ।
संविधानसभाको निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता हुन जरुरी रहेकोमा जोड दिँदै कोइरालाले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिए पनि संविधानसभाको निर्वाचन हुन सक्छ, तर संविधान बन्न नसक्ने जिकिर गरे ।
निर्वाचनमा वैद्य समूह सहभागी नभए उनका कार्यकर्ताहरुले आफ्नै पार्टीलाई नै भोट दिन्छन् भन्नेमा प्रचण्ड विश्वस्त रहेको खुलासा गर्दै शेखर कोइरालाले उपेन्द्र नेतृत्वको पार्टी पनि निर्वाचनमा सहभागी नभए आफ्नो पार्टीलाई निर्वाचनमा फाइदा पुग्ने मधेशी मोर्चामा आवद्ध पार्टीहरुले षडयन्त्र रचेको बताए ।
एमाओवादी र मधेशी मोर्चाले संविधानसभाको निर्वाचन नै हुन नदिने पक्षमा उभिएको उनको दावी छ । बाधा अडकाउ फुकाउ र फागुन ३० गते भएको निर्णयहरुलाई उल्टाउन लागेकोले एमाओवादी र मधेशी मोर्चाले निर्वाचन नै हुन नदिने संकेत देखिएको कोइरालाको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४