युनिर्भसल कलेजमा मृगौलाको हेमोडायलासिस सेवा शुरु

१२ जेष्ठ २०७०, आईतवार १०:४८ मा प्रकाशित

भैरहवा, १२ जेठ । भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेजमा मृगौलाको हेमोडायलासिस सेवा शुरु भएको छ । लुम्बिनी अञ्चलमै पहिलो पटक भैरहवामा सुरु भएको हेमोडायलासिस विभागको एक समारोहका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले समुद्घाटन गरे । उद्घाटन समारोहमा मेडीकल सुपरीटेन्डेन प्राध्यापक वि।डी भाटिया, निर्देशक अजयकुमार, काठमाण्डौ युनिभसिटीका सहायक डिन भार्गव नेपाल, कलेजका प्रिन्सिपल प्राध्यापक आनान्द कुमार, स्थानिय विकास अधिकारी पेसल कुमार पोखरेल, कलेजका फाइनान्स अफिसर सन्तोष कुमार , प्रमुख प्रशाशकीय अधिकृत श्रीकुमार, वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले हेमोडायालासिस विभागको विस्तार, निरन्तरता तथा विकासको चर्चा गर्दै शुभकामना दिएका थिए । भैरहवा स्थित मेडीकल कलेजमा मृगौलारोगको हेमोडायलासिस हुने मृगौला रोग विषशज्ञ सुवोध कुमार पाण्डेले जनाए । डा। पाण्डेले भने भैरहवा स्थित मेडिकल कलेजको हेमो डायलासिस विभाग सुविधा सम्पन्न र पुर्वाधारपुर्ण छ ।

हामीले जर्मन प्रविधी ४००८ को प्रयोगगरी उपचार गर्नेछौ । युसीएमएस भैरहवाको हेमोडायलासिस विभागमा १ जना मृगौलारोग विशषज्ञ सहित ८ जनाको समुह कृर्याशिल रहेका रहेको डा. पाण्डेले जनाए । पश्चिमाञ्चलमा पोखरा पछि युसीएमएस भैरहवा दोश्रो डायलासिस गर्ने अस्पताल भएको छ । कलेजका मृगौलारोग विशषज्ञ डा। पाण्डे नेपाल मेडीकल कलेज कोहलपुर नेपालगञ्जका हेमोडायलासिस विभागका संस्थापक पनि हुन् भने उनले ९ वर्ष सम्म सो कलेजमा पनि काम गरि विशषेज्ञता हासील गरेका छन् ।
पछिल्लो समय मृगौला रोगीहरुको संख्या दिनप्रतिदिन बढीरहेको बेला भैरहवामा नै उपचार हुने भएपछि स्थानियबासी पनि खुसी भएका छन् । मृगौला रोगको उपचार गर्न अधिकांश मानिसहरु भारतीय शहरहरुमा भौतारिरहेको बेला युसीएमएस भैरहवामा उपचार हुने भएपछि सबैलाई खुशी तुल्याएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण