घुम्ती शिबिरबाट २ हजार ५ सय १७ जनालाई नागरिकता

१२ जेष्ठ २०७०, आईतवार १०:४५ मा प्रकाशित

पाल्पा, १२ जेठ । जिल्ला प्रशासन कार्यालय पाल्पाले संचालन गरेको एकिकृत घुम्ती शिविरमार्फत् २ हजार ५ सय १७ जनाले नागरिता प्रमाणपत्र लिएका छन् । रामपुर, ताँहु, झडेवा र छहरामा बैशाख १६ गते देखी सुरु भएको शिविर बाट १ हजार ४७ जना पुरुष र १ हजार ४ सय ७० जना महिलाले नागरिता प्रमाणपत्र पाएका हुन् ।
जिल्लाको विभिन्न ४ वटा स्थानमा भएको एकिकृत घुम्ती शिविरमा जिल्ला निर्वाचन कार्यालय पाल्पाले विभिन्न २९ गाविसका २ हजार ६ सय १७ जनाले फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । महिला विकास कार्यालय पाल्पाले २ सय ५१ जनालाई अपाङग परिचयपत्र वितरण
गरेको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पा र लुम्विनी मेडिकल
कलेजप्रभास पाल्पाले १ हजार २ सय ३६ जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ जिल्ला प्रशासन कार्यलय पाल्पाले जनाएको छ । घुम्ती सेवा शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, महिला विकास कार्यालय, नेपाली सेना, सुन्तलाजात तथा फलफुल विकास केन्द्र, जिल्ला वन कार्यालय, लुम्बिनी मेडिकल कलेज र गाविसहरुले प्रत्यक्ष सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच

लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका