शान्तिपुर्ण रुपान्तरणमा अध्यक्ष रेग्मीको जोड

१२ जेष्ठ २०७०, आईतवार १०:४३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १२ जेठ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनप्रति र निर्वाचनको मितिलाई लिएर व्यक्त हुने गरेका चासो र चिन्ताप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । निर्वाचनमैत्री कानुनी वातावरण निर्माण गरि निर्वाचन मिती घोषणा गर्न व्यवहारिक हुने हुँदा त्यसप्रति सवैलाई सकारात्मक हुन उनको आग्रह छ ।
२५५७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवशका अवसरमा लुम्बिनी विकास कोषद्धारा शनिबार लुम्बिनीमा आयोजित आयोजित समारोहमा बोल्दै रेग्मीले द्धन्द्धको अन्तिम बिन्दु शान्तिपुर्ण रुपान्तरणबाट थालनी हुने भएकाले शान्ति र अहिंसा समाजको मुल उदेश्य भएको बताए । सबै द्धन्द्धको समाधान आग्रह गरे । बिगतमा नेपाली समाजले परिवर्तनका क्रममा भोग्नुपरेको द्धन्द्धको कारण शान्तिको चाहना नै भएकोमा अध्यक्ष रेग्मीले जोड दिए ।
बुद्ध दर्शनको शान्ति मानवता, अहिंसा, सेवा, सत्यता जस्ता मौलिक सिद्धान्तलाई अनुसरण गरि मैत्रीपुर्ण सामाजिक एकताको लक्ष्यप्रति अग्रसर हुन रेग्मीको अनुरोध थियो । कार्यक्रममा गृहमन्त्रि माधव घिमिरे, लुम्बिनी कोषका अध्यक्ष समेत रहेका शान्तिमन्त्री रामकुमार श्रेष्ठ को पनि उपस्थिति रहेको थियो ।
लुम्बिनी बिकास कोषले बिभिन्न कार्यक्रम गरि ३ दिनसम्म बुद्ध जयन्ती तथा लुम्बिनी दिवश मनाउने भएको कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस