माओबादी बिद्रोहीद्वारा भारतको छात्तिश गढमा आक्रमण, १७ को मृत्यु, २४ घाइते

१२ जेष्ठ २०७०, आईतवार ०९:५९ मा प्रकाशित

राजापुर, छात्तिश गढ, १२ जेठ । मित्र राष्ट्र भारतको माओबादी बिद्रोहीद्वारा गए राति पूर्वोत्तर राज्य छात्तिश गढको राजधानी राजापुर देखि करिब ३४५ किलोमिटर क्षेत्रमा गरेको आक्रमण परि १७ को जनाको ज्यान जानुको साथै र २४ जना गम्भीर घाइते बनेका छन । भारतको माओबादी बिद्रोहीहरु द्वारा गरेको आक्रमण परी सत्तारुढ दल काँग्रेस आईका स्थानिय नेता र समर्थकहरु सहित १७ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन । पूर्वोत्तर राज्य छात्तिश गढको राजधानी राजापुरमा आयोजित सत्तारुढ दल काँग्रेस आईको सभा बाट फर्किदै गरेका स्थानिय नेता र समर्थकहरुलाई लक्षित गरि जंगल क्षेत्रमा गरिएको आक्रमणमा १७ को जनाको ज्यान जानुको साथै र २४ जना गम्भीर घाइते भएका हुन् । माओबादी बिद्रोहीहरुले सत्तारुढ दल काँग्रेस आईका स्थानिय नेता नन्द कुमार पटेल र उनका छोरालाई अपहरण समेत गरेका छन् । घटनास्थल पुगेको भारतीय प्रहरीले जनाय अनुसार १० जनाको लास बरामद गरेको छ आक्रमणमा परी गम्भीर हालतमा रहेका २५ जनाको अस्पतालमा उपचारका क्रममा रहेका छन हुदै गरेको छ । घटना लगत्तै सत्तारुढ दल काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले प्रतिक्रिया दिदै भनेकी छिन, ‘यो कथित आक्रमण लोकतन्त्र बिरुद्दको षड्यन्त्र हो ।’ उता प्रधानमन्त्री मनमोहन सिंहले पनि काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले जस्तै कडा प्रतिक्रिया दिदै भनेका छन, भारतको लागि ठुलो यो ठुलो सुरक्षा चुनौती हो ।’ चिनिया जनक्रान्तिका नायक माओत्सेदुङ्ग लाइ आदर्श मान्ने भारतीय माओबादी बिद्रोहीहरुले १९६७ मा पश्चिम बंगालको नक्सलबारी बाट सुरु गरेको माओबादी बिद्रोह यति बेला भारतको २८ राज्यमा फैलिएको छ । यस अघि सन् २०१० मा माओबादी बिद्रोहले थापेको एम्बुश धरापमा परी छात्तिश गढ राज्यका २७ संसदीय सुरक्षाकर्मीको ज्यान गएको थियो । मित्र राष्ट्र भारतमा बढ्दै गएको धनि गरिब बिचको दुरी र बढ्दो भ्रष्टाचारले आजित आम भारतीय नगरीको समेत माओबादी बिद्रोह प्रति जना समर्थन बढ्दै गएको छ । यस अघि नेपालको बिद्रोही माओबादीलिई हतियार र आधार क्षेत्र प्रदान गर्ने भारतीय संस्थापन पक्षलाई बिस्तारै त्यति बेलाको निर्णय भारी हुदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा