बेलायती सेनाको प्रतिनिधि मण्डलको जंगी अड्डामा छलफल

११ जेष्ठ २०७०, शनिबार ०९:५३ मा प्रकाशित

काठमाडौं, ११ जेठ । प्रधानसेनापति गौरवशम्शेर जबरा र मित्रराष्ट्र बेलायतको रोयल कलेज अफ डिफेन्सको प्रतिनिधि मण्डलबीच शुक्रबार जंगी अड्डामा भेटघाट भएको छ । रोयल कलेज अफ डिफेन्सका प्रमुख स्टीभ एवुटको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा १७ सदस्यबीच छलफल सम्पन्न भएको हो । भेटघाटको क्रममा नेपाली सेना, सुरक्षा लगायतका विषयमा प्रतिनिधि मण्डलले प्रधानसेनापति जबरासँग शिक्षाप्रद अन्तरक्रिया गरेको सैनिक स्रोतले जनाएको छ । 
व्यवस्था तथा युद्धकार्य महानिर्देशक तथा सैनिक विनय महानिर्देशकको समेत उपस्थिति रहेको सो भेटघाट तथा छलफलमा व्यवस्था तथा नीति निर्देशकद्धारा नेपाली सेना सम्बन्धि व्रिफिङ्ग भएको बताइएको छ ।
रोयल कलेज अफ डिफेन्स बेलायतको रक्षा प्रतिष्ठानको एक महत्वपूर्ण तथा प्रख्यात अंग हो । यसले भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वर्गका विभिन्न निकायबाट छनौट भएका उच्चपदस्थ पदाधिकारीहरुलाई प्रतिरक्षा सम्बन्धि, अन्तराष्ट्रिय सुरक्षा तथा रणनीति सम्बन्धि मुल्यांकन क्षमता तथा परिकल्पना गर्नका साथै भविष्यमा उच्च नेतृत्वदायी भूमिका निर्माण गर्ने व्यक्तित्व विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
गत ६ गते नेपाल भ्रमणको लागि आइपुगेको उक्त टोलिले शुक्रबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण समेत गरेको छ । उक्त भ्रमणदल आइतबार बेलायत फर्कंदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी