सशस्त्र प्रहरी बल प्रमुखमा कोषराज वन्त

२४ चैत्र २०६८, शुक्रबार ०१:५३ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । सरकारले बुधबारदेखि लागुहुनेगरी सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अतिरिक्त महानिरीक्षक कोषराज वन्तलाई तोकेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले चैत्र मसान्तबाट अनिवार्य अवकाश पाउने भएपछि लाई वन्तलाई सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

गृह मन्त्रालयले बुधबार पत्र पठाई बलमा रहेका पाँच अतिरिक्त महानिरीक्षकमध्ये वरिष्ठताको मर्यादामा रहेका वन्तलाई बलको निमित्त महानिरीक्षकका रूपमा कम गंरने गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी तोकेको सशस्त्र प्रहरी बलले जनाएको छ।

निमित्त महानिरीक्षक वन्त २०४६ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए भने सशस्त्र प्रहरी बल स्थापनासँगै उनी बलमा वरिष्ठ प्रहरी उपरीक्षकको जिम्मेवारीमा रहेका थिए।

विसं २०६६ साउनमा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका वन्तको जन्म काठमाडौँको क्षेत्रपाटीमा भएको थियो। उनको पुर्ख्यौली घर गोरखा बगुवा-६ मा छ। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको