नयाँ रणनीति तय गर्ने चार दलको तयारी

११ जेष्ठ २०७०, शनिबार ०८:५९ मा प्रकाशित

काठमाडौं, ११ जेठ । राजनीतिक दलहरुबीच पुनः असहमति र अविश्वास बढ्न थालेको र निर्वाचनको मितिसमेत तोक्न नसकी आगामी मंसिरमा पनि चुनाव हुने नहुने अन्योल बढेपछि प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले आइतबार मन्त्रिपरिषद्का अध्यक्षलाई भेटी निर्वाचनका विषयमा छलफल गर्ने भएका छन्। उच्चस्तरीय राजनितिक समितिको शुक्रबार बसेको बैठकले विभिन्न दलसँग सरकारको वार्ता टोलीले गरेको वार्ताको प्रगति विवरणबारे अध्यक्ष खिलराज रेग्मीबाट जानकारी लिने तथा समितिभित्र भइरहेका छलफल र प्रगतिबारे अध्यक्षलाई जानकारी दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई भेटेपछि आइतबार साँझ नै पुनः समितिको बैठक बसेर भावी रणनीतिहरु तय गरिने विषयमा दलहरुबीच सहमति बनेको बुझिएको छ ।
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वयय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल तथा नेपाली कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाल सहभागी थिए ।
यसैबीच नेपाली कांग्रेसका नेताहरूले समानता, स्वतन्त्रता, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकार स्थापित गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित राष्ट्रिय समता दिवस कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले जारी राजनीतिक संकटको निकास निर्वाचन मात्र भएको भन्दै तत्काल निर्वाचन मिति घोषणा सरकारसँग आग्रह गरे। चारदलीय सहमतिबाट कुनै पनि दल पछि फर्कन नमिल्ने उनले बताए। यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिरमै निर्वाचन हुनुपर्छ भन्दै निर्वाचन तयारीमा जुट्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९