प्रचण्डको नियत खोटो रहेको महामन्त्री सिंहको दाबी

११ जेष्ठ २०७०, शनिबार ०८:४५ मा प्रकाशित

काठमाडौं, ११ जेठ । एनेकपा माओवादीले मुखले चुनावको कुरा गरे पनि भित्रभित्रै आगामी मंसिरमा पनि निर्वाचन हुन नदिने षड्यन्त्रमा सो पार्टीको केन्द्रिय नेतृत्व लागिरहेको आरोप नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले लगाएका छन् । चार दलबीच सहमति भइसकेका मुद्दामा अहिले असहमति राखेर बखेडा गर्नु चुनाव बिथोल्ने षड्यन्त्र नै हो भन्दै महामन्त्री सिंहले शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा एमाओवादी र त्यसका अध्यक्ष् प्रचण्डको नियत खोटो रहेको जनाए ।
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले संविधानसभामा ४ सय ९१ सभासद् रहने सहमति भएकोमा त्यसविपरीतका गतिविधि भइरहेकाले यसले निर्वाचनको वातावरणलाई बिथोल्ने स्पष्ट पारे। वर्तमान सरकारले निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै पनि सरुवा, बढुवा र नियुक्ति गुर्न नुहने पनि उनले बताए। विघटित संधिवानसभा निर्वाचनमा काँग्रेस सबैभन्दा ठूलो दल बन्न नसेकेका कारण संविधान नबनी संविधानसभा विघटन भएको तर्क गर्दै नेता सिंहले आगामी निर्वाचनमा संविधानसभामा लोकतान्त्रिक शक्तिको बहुमत आउनै पर्ने अपरिहार्यता रहेको औंल्याए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली