रुपन्देही एमालेलाई चुनावको रन्को

११ जेष्ठ २०७०, शनिबार ०८:३५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ११ जेठ । नेकपा एमाले रुपन्देहीले संविधानसभा निर्वाचनका लागि पार्टी केन्द्रले जारी गरेको पार्टी परिचालन अभियान २०७० लाई जिल्लाका सबै क्षेत्रमा प्रभावकारी बनाउने भएको छ । पार्टी जिल्ला कमिटीको शुक्रबार क्षेत्र नं. १ स्थित देवदहमा सम्पन्न सातौं पुर्ण बैठकले अभियानको कार्ययोजना अन्तर्गत रुपन्देहीका सबै क्षेत्रमा तोकिएका केन्द्रीय प्रतिनिधिहरुको नेतृत्वमा अभियानलाई प्रभावकारी ढंगले सफल बनाउने निर्णय गरेको पार्टी जिल्ला प्रचार बिभाग प्रमुख तेजेन्द्र के.सी.ले जानकारी दिए । 

पार्टी जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राधा ज्ञवालीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य नेत्र पन्थी, केन्द्रीय सल्लाहकार आदित्यनारायण कसौधन, अंचल सचिव खिमलाल भट्टराई र जिल्ला कमिटी निवर्तमान अध्यक्ष तथा अंचल सदस्य लिला गिरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठकले आगामी असार ११ सम्म रुपन्देही जिल्लामा पार्टी परिचालन अभियान संचालन गरिने र अभियान अन्तर्गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर जिल्लाका सबै क्षेत्रहरुमा २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि र जनताको बहुदलिय जनवाद बिषयक गोष्ठि गर्ने निर्णय पनि गरेको छ । यस्तै एक महिनाको अभियानमा मातहतका ममिटी गठन, पुर्नगठन, संगठन बिस्तार र यसै अवधिमा सबै क्षेत्रमा बिगतको संबिधानसभामा एमालेले खेलेको भुमिका र संबिधानसभा बिघटनको प्रमुख कारण र जिम्मेवारका बिषयमा जनतालाई बुझाउने जस्ता कार्यक्रम जिल्लाले अभियानमा संचालन गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर