न्यौपानेलाई कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार

११ जेष्ठ २०७०, शनिबार ०८:३३ मा प्रकाशित

रुपन्देही, ११ जेठ । क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले स्थापना गरेको कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार लेखनाथ न्यौपानेलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट गर्न गठित मुल्याङन समितिका संयोजक यानेन्द्र जिसीले न्यौपानेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । संघले पुरस्कार छनोट तथा मुल्याङ्नको जिम्मा तीन सदस्यीय समितिलाई दिएको थियो । 
न्यौपाने क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीको संस्थापक अध्यक्ष हुन् । लामो समयदेखि जनपक्षिय पत्रकारिता गदै आएका न्यौपाने हाल समयवोध मासिकका सम्पादक छन् । पुरस्कार भोली आइतबार (जेठ १२)मा वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । जनपक्षिय साहित्यकार तथा पत्रकार शहिद कृष्ण सेन इच्छुकको स्मृति दिवशको अवसरमा यो पुरस्कार वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच