एनआरएनको तेस्रो एशिया प्रशान्त क्षत्रीय सम्मेलन मनिलामा सम्पन्न

११ जेष्ठ २०७०, शनिबार ०४:१५ मा प्रकाशित

मन बहादुर थापा, मनिला, फिलिपिन्स । गैरआवासीय नेपाली स‌घको तेस्रो एशिया प्रशान्त क्षत्रीय  सम्मेलन  फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भयो । समृद्ध नेपालका लागि एकीकृत नेपाली भन्ने नाराका साथ सम्पन्न यो सम्मेलनमा करीव १८ देशका १ सय २५ प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक देवमान हिराचनको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त उद्घाटन कार्यक्रमको सुरुवात नेपाल र फिलिपिन्सको राष्ट्रीय गितबाट भएको थियो । त्यसपछि प्रमुख अतिथि हिराचनले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो । यस पश्चात गैरआवासीय नेपाली गित गाइएको थियो । त्यसको लगतै फिलिपिन्समा रहेका नेपाली विद्यार्थीहरुद्वारा नेपाली गितहरु गाइएको थियो ।

एनसिसि फिलिपिन्सका अध्यक्ष सुदर्शन खड्काले स्वागत मन्तव्य दिनु भयो । उहाँले त्यस अवसरमा एशिया प्रशान्तबाट सहभागी हुन आउनु भएका एनसिसि प्रतिनिधिहरुलाई हलमा सहभागी देशको झण्डा सहित मार्च पास गराएर सम्बन्धित देशका प्रतिनिधिहरुलाई नै झण्डा हस्तान्तरण गर्नु भयो । यसै गरी कार्यक्रममा मन्तव्य दिनेहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछने, फिलिपिन्सका पूर्व श्रम मन्त्री मारिआन्तो डी रोक्यु, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपालका लागि फिलिपन्सका महावाणिज्य दूत डा जोसे क्याम्पोस ले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसै गरी प्रमुख अतिथि हिराचनले हालसालै नेपालमा स्थापना गरिएको एनआरएन नेपाल इन्भेष्ट कम्पनी बारे अझै पनि धैरै गैरआवासीय नेपालीहरुमा भ्रम रहेको र यसलाई संघको तर्फबाट प्रष्ट पार्नु पर्ने सुझाव व्यक्त गर्नु भयो । यसै गरी उहाँले नेपालको समृद्धिको लागी पैसा मात्र होइन सीप र ज्ञान लगानीको खाचो छ भनी बताउनु भयो । अन्त्यमा उहाँले कार्यक्रममा सहभागी हुन आउनु भएका समस्त महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । उद्घाटन कार्यक्रमको अन्त्यमा वैठकका सभापति एवं एशिया प्रशान्त क्षेत्रका संयोजक यमकुमार गुरुङ्ग त्रिलोकले पूर्वी एशियाको आर्थिक विकासको अनुभव नेपालसंग जोड्न आग्रह गर्दै नेपालको आर्थिक आर्थिक समृद्धि तर्फको यात्रामा यो अनुभव सान्दर्भिक हुने उल्लेख गर्नु भयो । अन्त्यमा उहाँले वैठकमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्घाटन कार्यक्रमको समापन गर्नु भयो । यस उद्घाटन सत्रको संचालन एनसिसि जापानका सल्लाहकार पारसमणि पोखरेलले गर्नु भएको थियो ।

पहिलो सत्रको समाप्ति पछि दोस्रो सत्रका कार्यक्रमहरु आयोजना गरिएको थियो । दोस्रो सत्रको सुरुवात वैदेशिक रोजगार विषयमा भएको थियो । फिलिपिन्सका पूर्व श्रम मन्त्री मारिआन्तो डी रोक्यु, एनसिसि कोरीयाका अध्यक्ष केपि सिटौंला, युरोपका क्षेत्रीय संयोजक कुमार पन्त, एनसिसि जापानका सल्लाहकार महेश श्रेष्ठले आआफ्ना क्षेत्रका वैदेशिक रोजगारका स्थिति बारे प्रस्तुतिकरण गर्नु भएको थियो । यसपछि सहभागीहरुले उठाएका विषयहरुमा जवाफ दिइएको थियो । सत्रका उपसभापित एशिया प्रशान्त क्षेत्रका उपसंयोजक किरण विक्रम थापा र वैदेशिक रोजगार कार्यदलका सभापति तथा गैरआवासीय नेपाली संघका सचिव टिवि कार्कीले मन्तव्य दिदै यस सत्रको समाप्त गर्नु भएको थियो । यस सत्रको संचालन एनसिसि ब्रुनाईका अध्यक्ष विश्वदिप तिगेलाले गर्नु भएको थियो ।

यसै गरी यस सत्र पछि समृद्ध नेपालका लागि एकीकृत नेपाली सत्रको आयोजना भएको थियो । यस सत्रमा फिलिपन्सका महावाणिज्य दूत डा जोसे पी क्यम्पोस ले बिकाशको पूर्वाधार शिपमुलक उच्च शिक्षा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष हितमान गुरुङ्गले नेपाल र नेपालीको पहिचान र पहिचानको लागि पूर्वाधार, गैरआवासीय नेपाली संका उपाध्यक्ष रामेश्वर शाहले र गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पाले नेपालको पर्यटन क्षेत्रको बिकाशको लागि गैरआवासीय नेपाली र गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्टले नेपालको बिकाशको लागि गैरआवासीय नेपाली भन्ने विषयमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । यस विषयमा सहभागीहरुले राख्नु भएको जिज्ञासालाई वक्ताहरुले प्रष्ट पार्नु भयो । यस सत्रका सभापति एवं गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले यस सत्रका विषयलाई संक्षेपमा समेटेर आफनो धारणा रख्नु भयो । यस कार्यक्रमको संचालन एनसिसि जापानका सल्लाहकार भुषण घिमिरेले गर्नु भएको थियो ।

यस सत्रको समापन पछि वैठक आयोजनामा प्रायोजक गर्नु हुने व्यक्ति र संघ संस्थाहरुलाई प्रशंसा पत्र वितरण गरियो । दिवाभोज पश्चात एशिया प्रशान्त क्षेत्रको महाधिवेशनको पहिलो सत्र सुरु भयो । यस महाधिवेशनमा एशिया प्रशान्तका एनसिसिहरु ब्रुनाइ, चीन, मकाउ, थाइल्याण्ड, जापान, कोरीया हङ्गकङ्ग र फिलपिन्सले आफूले संचालन गरेका गतिविधिहरुबारे प्रस्तुती गरेका थिए ।

यस महाधिवेशनको दोस्रो सत्रमा मुख्य रुपमा गैरआवासीय नेपालीका लागि परिचय पत्र, संघ दर्ता, संघको विधान, संघबाट गरिएका सामाजिक कार्यहरु, एशिया प्रशान्तमा रहेका गैरआवासीय नेपालीहरुले भोगेका समस्याहरु, छैठौ गैरआवासीय नेपाली विश्व सम्मेलन, नेपाल लाइब्रेरी परियोजना र नेपालको निर्वाचनमा गैरआवासीय नेपालीहरुको सहभागीता बारे वृहत छलफल भएको थियो । यस सत्रको सभापति संघका महासचिव तेञ्जी शेर्पाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एशिया प्रशान्त क्षेत्रका संयोजक यमकुमार गुरुङ्ग त्रिलोकले गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा एशिया प्रशान्त क्षेत्रका संयोजक तथा क्षेत्रीय वैठकका संयोजक यमकुमार गुरुङ्ग त्रिलोकले ६ बुँदे मनिला घोषणा पत्र पढेर सुनाउनका साथै क्षेत्रीय वैठक समाप्त भएको घोषणा गर्नु भयो । कार्यक्रम समापन पश्चात एनसिसि फिलिपिन्सले रात्री भोजको आयोजना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको