सडक बन्द खुल्यो, मियाँको अन्त्यष्टि सम्पन्न

१० जेष्ठ २०७०, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौं, १० जेठ । सरकारले पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी प्रतिवद्धतापछि चार दिनदेखि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ । स्थानीय आन्दोलनकारीसँग वार्ता गरी समस्या समाधान गर्नका लागि गृहमन्त्री माधव घिमिरे आज सप्तरी पुगेको थिए । हिजो बिहिबार दिउँसो नै सप्तरी जान लागेका गृहमन्त्री घिमिरे राजधानीमा घनघोर वर्षा भई विमान सेवा नै अवरुद्ध भएकोले रोकिएका थिए । गृहमन्त्री र आन्दोलनकारीबीच वार्ता सफल सप्तरी आन्दोलन फिर्ता भएको हो । 
सरकारले पूर्वसभासद् सदरुल मियाँ हकको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाउदै छानिविनका लागि टोली गठन गरिएकोले सत्यतथ्य छिटै बाहिर आउँने जनाएको छ भने पीडित परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने भएको छ । दोषि जोसुकै भए पनि कारबाहीबाट उम्कन नसक्ने र कारबाही भएरै छोड्ने वचन गृहमन्त्री दिएपछि आन्दोलनकारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका थिए । सडक बन्द फिर्ता भएबाट हजारौँ यात्रुलाई राहत मिलेको छ भने हत्या गरिएका पूर्वसभासद मियाँको अन्त्यस्टी पनि आजै गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान