मतदान गर्न मुस्ताङी राजाले पनि खिचाए फोटो

१० जेष्ठ २०७०, शुक्रबार १२:०९ मा प्रकाशित

काठमाडौं, १० जेठ । आगामी संविधानसभाको निर्वाचनबारे चौतर्फी चासो बढिरहेको परिवेशमा मुस्ताङी पूर्वराजा जिग्मे परवल बिष्टले पनि मतदानका लागि नाम दर्ता गराउन निर्वाचन आयोगको टोलीसमक्ष फोटो खिचाएका छन् । आयोगका कर्मचारीहरुसँग विष्टले निर्वाचनप्रति गहिरो चासो दर्शाउँदै विभिन्न जिज्ञासा राखेको आयोग स्रोतले जनाएको छ । 
८३ वर्षीय बिष्टले देशमा निर्वाचन भएर निकास निस्के हुन्थ्यो भन्ने आफूलाई हरबखत लागिरहने मनसाय खुलासा गरेका थिए भने मतदाता नामावली संकलन गर्ने टोलीलाई उनले आफ्नो दरबारमै बोलाएर आफ्नी पत्नीसहितको तस्बिर खिचाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा