फाईनल डिसिजन दिएकी थिईन : सिम्पल

२४ चैत्र २०६८, शुक्रबार ०१:४५ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । प्रि-प्रोडक्सनमा रहेको फिल्म ‘कलिउड’ मा नायिकाको रूपमा आफूलाई लिन लागेको कुरालाई मोडल सिम्पल खनालले स्विकारेकी छिन् । तर उनले सो फिल्ममा लिड रोलमा नभएर अर्को सेकेण्ड रोलमा कुरा चलेको बताईन् ।

फिल्मीखबरमा आफ्नो बारे समाचार पढे पछि केहि चित्त दुखाउँदै सिम्पलले भनिन्, ‘निर्माता र निर्देशकले मसँग कुरा मात्र गर्नु भएको हो तर मैले डिसिजन दिएकी थिईन ।’ आफू अर्को नयाँ प्रोजेक्टमा पनि काम गर्न लागेकाले समय नमिल्ने छाँट देखेर कलिउडमा फाईनल नगरेको सिम्पलले बताईन् । कलिउडमा मुख्य भुमिकामा देखिने भनिएकी अर्की मोडल साहना बज्राचार्यलाई आफूले रिप्लेस गर्न लागेको कुरालाई अस्विकार गर्दै सिम्पलले सो फिल्मका लागि आफूलाई कसैले सिफारिस समेत नगरेको बताईन् ।

यता फिल्मका निर्माता कुमार खड्का पनि बन्द कोठा भित्र तीन जना बिच भएको बार्ता एक्कासी बाहिरिंदा चकित परेको बताए । उनले भने, ‘हामीले सिम्पल जीसँग कुरा मात्र गरेका थियौं तर लिने नलिने निर्णय भईसकेको थिएन ।’ सिम्पलसँग फिल्मको सेकेण्ड क्यारेक्टरका लागि कुरा भएको निर्माता खड्काले बताए । नवराज आचार्यले निर्देशन गर्ने सो फिल्ममा आर्यन सिग्देल र बिष्णु कार्की फाईनल नै छन् भने सिम्पल र साहानको बिषयले भने कुन मोड लिन्छ त्यो हेर्न बाँकी नै छ ।

नेपाली फिल्म उधोगको केहि यथार्थ घटनालाई ‘कलिउड’ मार्फत प्रस्तुत गर्न लागेको यो युनिटले सायद बुझ्ने छ यहाँ छोड्ने छुटाउने प्रचलन नौलो हैन । (फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट