विद्यार्थीहरुका समस्या समाधानका लागि लण्डनमा रेस्क्यु सेमिनार

१० जेष्ठ २०७०, शुक्रबार ०१:११ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन । युके बोर्डर एजेन्सीले विद्यार्थी भिषामा कडाई गर्दै ल्याएपछि हजारौं विद्यार्थीहरु मारमा परेका छन । प्राइभेट कलेजमा पढ्ने विद्यार्थीहरुलाई त्यसले अझै मार थपिदिएको छ ।

यस्तै प्राइभेट कलेजमा पढ्ने विद्यार्थी तथा युनिभर्सिटी जान चाहनेहरुको समस्यालाई मध्यनजर गर्दै साउथ लण्डन कलेज स्टुडेण्ट रिप्रेजेण्टेटीभ काउन्सील (एसआरसी) ले फ्रि स्टुडेण्ट रेस्क्यु सेमिनार सम्पन्न गरेको छ ।

गतसाता विलविच स्थित साउथ लण्डन कलेजमा सम्पन्न रेस्क्यु सेमिनारमा भिषा एक्स्टेण्सन, नयां कोर्ष, अध्यागमन कानुन, लगायतका विषयमा विद्यार्थीहरुका जिज्ञासा समाधान गरीएको एसआरसीले जनाएको छ ।

सेमिनारबाट करीब दुईसय भन्दा बढि विद्यार्थीहरु लाभान्वित भएका थिए । सेमिनारमा सहभागि विद्यार्थी राजु देशारका अनुसार कानुनका ज्ञाताहरुले भिषा एक्स्टेन्सन, युकेबिएको पछिल्लो नियम, कोर्ष तथा कलेज छान्दा अपनाउनुपर्ने सावधानी लगायतको विषयमा जानकारी दिइएको थियो ।

उनले सेमिनार फलदायी र उपलब्धि मुलक भएको बताए । धेरै कानुनी जटिलता र अड्चनहरु फुकाउने मौका मिलेको देशारको जिकिर थियो ।

त्यस्तै साउथ लण्डन कलेजका अर्का विद्यार्थी सुजन श्रेष्ठको भनाईमा पनि सेमिनार उपलब्धि पुर्ण थियो । द्विविधामा रहेका कुराहरु छर्लङ्ग भयो, श्रेष्ठले भने,‘अब यिनै कुराहरुलाई लिएर वकिलहरुकोमा धाइरहनुपर्ने जरुरत रहेन ।’

पहिलो र दोश्रो खण्डमा विभाजन गरी सम्पन्न सेमिनारमा इम्मिग्रेसन कानुनका ज्ञाता मजदुर चौधरी, राजन नजरान लगायतले कानुनी परामर्श दिएका थिए ।

सो अवसरमा कलेजका प्रबन्ध निर्देशक राजन कंडेल, एसआरसी प्रेसीडेण्ट सुर्य तामाङ तथा प्रतिनिधिहरुको सहभागिता थियो । आयोजक एसआरसी अध्यक्ष तामाङका अनुसार सो अवसरमा प्रधानमन्त्रीलाई बुझाउने ई पेटिन्सनको बारेमा जानकारी दिएका थिए ।

१०० जनाको हस्ताक्षर भएपछि इ पेटिण्सन सोझै प्रधानमन्त्री क्यामरुनलाई बुझाइने उनको भनाई थियो । सेमिनार सफल पार्न नेप्लिज स्टुडेण्ट वेलफेयर सोसाइटी तथा बंगलादेशी स्टुडेण्ट युरोप युनीयनले सर्पोट गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको