अवैध सम्बन्ध राखी हत्या गर्नेहरु प्रहरी नियन्त्रणमा

९ जेष्ठ २०७०, बिहीबार २१:५८ मा प्रकाशित

काठमाडौं, ९ जेठ । अवैध सम्बन्ध राखी महिलासँग रकम ठगी गरेर महिलाको हत्यासमेत गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा जिल्ला आरुआरवाङ–८ घर भई सशस्त्र प्रहरी वल निलबराही गण बलम्बु दरवन्दी भई निर्मल निवासमा सुरक्षा गार्डमा कार्यरत २५ बर्षीय कृष्ण बहादुर बराम र गोरखा जिल्ला आरुआरवाङ–१ घर भई छाला प्mयाक्ट्री बुढानिलकण्ठमा काम गर्ने २६ बर्षीय पूर्ण बहादुर बराम रहेका छन् । उनीहरु सर्लाही जिल्ला लालबन्दी–७ घर भई महाराजगंज बस्ने ४२ बर्षीया सुन्तली माया लामाको हत्या गरी फरार रहेका थिए । 
प्रहरीले अभियुक्तहरुको प्रारम्भिक बयानका आधारमा मृतक महिला तथा अभियुक्तहरुबीच अवैध सम्बन्ध तथा पैसाको लेनदेनको बिषयमा विवाद उत्पन भएपछि गत ६ गते हत्या गरी सुन्तली मायाको लास बुढानिलकण्ठ–६ स्थित चिस्यानीको जंगलमा लगेर फालेको जनाएको छ । हत्याराहरुले घाँटी थिची टाउको तथा अनुहारमा ढुंगा प्रहार गरी हत्या गरेको पनि बताइएको छ ।
प्रहरीले अभियुक्त कृष्ण बरामलाई जेठ ८ गते निजकै स्थाई ठेगाना गोरखा आरुआरवाङ–८ बाट पक्राउ गरेको थियो भने कृष्ण बरामलाई बुढानिलकण्ठ जुत्ता फ्याक्ट्रीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा