सरकार चुनावको मिति तोक्न व्यग्र : अध्यक्ष रेग्मी

९ जेष्ठ २०७०, बिहीबार १७:१७ मा प्रकाशित

काठमाडौं, ९ जेठ । भावी चुनावबारे सर्वत्र आशंका बढिरहेको र रेग्मी सरकारले निरंकुश रुपले अघि बढ्ने लक्षण देखाएको भनी आलोचना हुन थालेको बेला चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको एकमात्र चाहना निर्वाचन गराउनु रहेको दोहोर्याएका छन् । सञ्चारकर्मीहरुसँगको भेटमा अध्यक्ष रेग्मीले जति सक्दो छिटो चुनावको मिति तोक्न सरकार व्यग्र रहेको दाबी गरे ।
रिपोर्टस् क्लब नेपालले बिहिबार बुझाएको एक ज्ञापन पत्र बुझ्दै उनले दलहरुसँग निर्वाचनसम्बन्धी कानुनमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिँदै दलहरुसँग कानुनी प्रकृयामा सहमति जुटेपछि सरकारले तत्‍काल मिति तोक्ने बताए । निर्वाचनमा जतिसक्दो धेरै सहभागिता जुटाउने र समावेशिता झल्काउने प्रयासमा सरकार रहेको रेग्मीको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २०