राष्ट्रिय योजना आयोगमा डा. शाक्य नियुक्त

९ जेष्ठ २०७०, बिहीबार १५:३७ मा प्रकाशित

काठमाडौं, ९ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा आयोगकै पूर्वसचिव डा. रवीन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । बाबुराम भट्टराई सरकारका बेला नियुक्त दीपेन्द्रबहादुर क्षेत्रीले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गरेको हो ।
२०५५ सालमा सरकारी सेवाबाट अवकाश लिएका शाक्य स्वतन्त्र परामर्शदाताका रुपमा सक्रिय रहँदै आएका थिए ।
बिहिबारकै बैठकले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयसमेत गरेको छ भने पहिलो पटक सगरमाथा आरोहण गरेको ६० बर्ष पुगेको अवसरमा सरकारले ज्येष्ठ आरोही मीनबहादुर शेरचनसहित ७ जनालाई पुनः आरोहणका लागि ७० लाख बराबरको आरोहण शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ । यस्तै, पूर्व सभासद् सदरुल मियाँ अन्सारी हत्याको घोर भर्त्सना गर्दै छानबिनका लागि पूर्वन्यायाधीश ताहिर अलि अन्सारीको अध्यक्षतामा नायव महान्याधीवक्ता सूर्य कोइराला र एआईजी दिनकर शम्शेर राणा सदस्य रहेको छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले मनकामना केबुलकारलाई दिइएको ४. ९६१ हेक्टर जग्गा ४० बर्षको लागि लिजमा दिने निर्णय गरेको छ भने उपरथी पवनकुमार पाण्डेको सात महिना १७ दिन सेवाअवधी थप गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।