चक्कु प्रहार गरी बेलायती सैनिकको खुलेआम हत्या

९ जेष्ठ २०७०, बिहीबार १५:०७ मा प्रकाशित

एजेन्सी । बेलायतको राजधानी लण्डनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने वुलिच भन्ने स्थानमा एक सैनिकको खुलेआम हत्या भएको छ । मुसलवानी समूदायको जस्तो देखिने दुई व्यक्तिले छुरा प्रहार गरी बेलायती सैनिकको हत्या गरेको एजेन्सीहरुले जनाएका छन् । करिब २० वर्ष उमेरका सैनिकको हत्या गरेर अमानवीय तवरले घिसार्दै हमलाकारीले एक सैन्य पोष्टनजिकै फालिदिएको समाचारमा जनाइएको छ ।
प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बताइएअनुसार एक व्यक्तिले हातमा रगत लत्पतिएको छुरा बोकेर चिच्याइरहेको थियो– ‘बेलायती सैनिकहरुले हरेक दिन मुसलमानहरुलाई मार्ने गर्दछन्, त्यसैले हामी पनि बेलायती सैनिकहरुलाई यसरी नै हत्या गर्न चाहन्छौँ ।’
त्यसरी हत्याको खुल्लमखुल्ला उदघोष गर्ने हमलाकारीहरुले भाग्ने कोसिश पनि गरेनन्, उल्टै आफूहरुको तस्बिर खिच्न र बयान रेकर्ड गर्न उपस्थित मानिसहरुलाई उनीहरु उक्साइरहेका थिए । नजिकै प्रहरी देख्दा पनि उनीहरु भाग्न चाहेनन्, बरु प्रहरीतर्फ झम्टिए । त्यसपछि हमलाकारीमाथि गोली चलाउन प्रहरी बाध्य भयो । यतिबेला घाइते हमलाकारीहरुको उपचार भइरहेको छ ।
यतिबेला ती हमलाकारीको घटनाकै बेलाको भिडियो फुटेज स्थानीय मिडियाहरुबाट प्रशारण भइरहेको छ ।
घटनापछि बेलायती प्रधानमन्त्री डेबिड क्यामरन आफ्नो फ्रान्स भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९