दार्चुलामा बस दुर्घटना, ७ को मृत्यु, ४० घाइते

९ जेष्ठ २०७०, बिहीबार १३:४६ मा प्रकाशित

काठमाडौं, ९ जेठ । दार्चुलामा बिहिबार विहान बस दुर्घटना भई सात जनाको ज्यान गएको छ । जिल्लाको गोकुलेश्वर ६ ठुलीशैन नकतड भन्ने स्थानमा  महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलङ्गाका लागि छुटेको पवनदुत यातायातको ना४ख ८२८५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन दर्जनभन्दा बढी घाइते भएको बताइएको छ । रातोमाटो र चिप्लोबाटो भएकाले चिप्लिएर बस पल्टिएको हो । बसमा धेरै यात्रु भएकाले उकालोमा उक्लिन समस्या भएको घाइते यात्रुहरुले बताए। साघुँरो रोड भएकोले अधिकांश सवारीसाधान मोडमा ब्याक गरेर मात्रै अगाडी बढाउने गरिन्छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुला खरकडा–९ का नरसिंह धामी, भारत बलुवाकोटका मोतीराम भट्ट, महादेव भट्ट, मथुरा भट्ट, दार्चुला सर्मौली–३का गोपाल सिंह खत्री, बस मालिक कृष्णदत्त भट्ट र चालक करन साउँद छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै