जनतासँग ‘सघन भेटघाट’का लागि पूर्वराजा तराई जाने

९ जेष्ठ २०७०, बिहीबार ०८:४० मा प्रकाशित

काठमाडौं, ९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले पुन: तराईका जिल्लाको भ्रमण गर्नुहुने भएको छ । यसअघि स्थगित गरिएको भ्रमणलाई निरन्तरता दिँदै उहाँ सिमरा जान लाग्नुभएको हो । पूर्वयुवराज पारस बिरामी भई बैंककको समितिभेज अस्पतालमा भर्ना भएपछि पूर्वराजा फागुन दोस्रो साता तराईको भ्रमण छोट्याउँदै बिरामी छोरा पारसलाई भेट्न बैंकक जानुभएको थियो । जेठको अन्तिम सातातिर उहाँ तराई भ्रमणमा निस्कने बुझिए पनि आधिकारिक तवरमा कार्यक्रम तथा तिथि भने निर्धारण हुन बाँकी रहेको बताइएको छ । 
पहिले तय भएर पनि भ्रमण गर्न बाँकी रहेका सप्तरी, सिरहा, सर्लाही, महोत्तरीको भ्रमण गर्नुहुने र सोहीअनुसार कार्यक्रम बन्ने बुझिएको छ । करिब दुई हप्ता लामो भ्रमणका क्रममा उहाँले सप्तरीको छिन्नमस्ता तथा अन्य जिल्लामा रहेका महत्त्वपूर्ण धार्मिक देवस्थलहरूको दर्शन तथा पूजापाठ गर्नुहुनेछ भने राष्ट्रिय चिन्तनबाट पूर्वराजा कहिल्यै पनि नअलग्गएिको भन्दै यसपल्टको यात्रामा पहिलेभन्दा स्थानीय तहमा भेटघाट सघन हुने संकेत निर्मलनिवासले दिएको छ । साथै ती जिल्लाका स्थानीयवासीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसअघि उहाँले बारा, पर्सा, रौतहट, मोरङ, सुनसरी, परासी, चितवन, रूपन्देही, कैलाली, कञ्चनपुर, बाँकेलगायतका जिल्लाको भ्रमण गरी त्यस क्षेत्रमा रहेका देवस्थलको दर्शन गर्नुका साथै स्थानीय जनतासँग सामान्य भेटघाट गर्नुभएको थियो । त्यस्तै उहाँले कास्की, बाग्लुङलगायतका पहाडी जिल्लाको पनि भ्रमण गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा