भारतको आशिर्वाद पाउन गच्छेदारले महन्थसँग पार्टी एकता गर्ने

९ जेष्ठ २०७०, बिहीबार ०८:१८ मा प्रकाशित

काठमाडौं, ९ जेठ । पार्टी विभाजनमा कीर्तिमान राख्ने मधेसकेन्द्रित राजनीतिक दलहरू चुनाव नजिकिँदै गएपछि पार्टी एकताका निम्ति हतारिन थालेका छन् । यसक्रममा महन्थ ठाकुरले नेतृत्व गरेका तमलोपा र विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरणका निम्ति भइरहेको प्रयास निर्णायक चरणमा पुगेको जानकारी प्राप्त भएको छ । यसअघि तमलोपा र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरणको प्रयास भएको थियो । करिब चार महिनादेखि ठाकुर र यादव नेतृत्वको पार्टी एकीकृत गर्न भएको प्रयास भने असफल हुन पुगेको छ ।
तराईका क्षेत्रीय दलहरू अघोषित रूपमा विभिन्न जातीय पार्टीमा रूपान्तरित भएका छन् । तमलोपामा तराईका ब्राह्मणहरूको बाहुल्य देखिन्छ भने गच्छदारको पार्टी थारूहरूको र उपेन्द्र यादवको पार्टी केवल यादवहरूको पार्टीमा रूपान्तरित भइसकेको छ । यस्तै स्थिति यथावत् राखेर अघि बढ्ने हो भने तराईकेन्द्रित हरेक पार्टीले निर्वाचनमा करारी हारको सामना गर्नुपर्ने निश्चित मानिएको छ । यही वास्तविकतालाई बुझेर हुनसक्छ तमलोपा र फोरम (यादव) बीच विगत चार महिनादेखि एकीकृत पार्टी निर्माणको प्रयास हुँदै आएको थियो । महन्थ ठाकुर मधेसी जनअधिकार फोरमको नाम र झन्डालाई स्वीकार गर्न तयार पनि भएका थिए, तर पार्टी अध्यक्षमा महन्थ ठाकुरलाई स्वीकार गर्न उपेन्द्र यादव तयार नभएपछि चार महिनादेखि प्रयत्न असफल हुन पुग्यो । यसरी यादवसँग एकताको सम्भावना नरहेपछि तमलोपा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग मिल्ने निष्कर्षमा पुग्यो ।
यसक्रममा दुईपक्षबीच अनेकौँ चरणमा वार्ता भइसकेको र अब आकस्मिक रूपमा कुनै घटना भएन भने केही साताभित्रै दुई पार्टी एकीकृत भएको घोषणा हुनेछ । गच्छदार पार्टीको नेतृत्व महन्थ ठाकुरलाई सुम्पन्न मानसिक रूपमा तयार भइसकेको र गच्छदारका विभिन्न सर्तहरू मान्न ठाकुर तयार भएकोले दुई पार्टीबीच एकीकरणको सम्भावना बढेको हो । पार्टीको नाम तराई मधेस लोकतान्त्रिक फोरम राख्नेबारेमा दुई पक्ष सहमत भएको बुझिएको छ । आफ्नो बद्नाम छविलाई अगाडि राखेर चुनावमा जानभन्दा महन्थ ठाकुरको स्वच्छ छविलाई ‘ब्रान्ड’को रूपमा प्रयोग गर्दा चुनाव जित्न सजिलो हुने निष्कर्षमा गच्छदार पुगेको बताइन्छ ।
स्मरणीय छ, छिमेकी भारतको सद्भाव महन्थ ठाकुरका प्रति रहेको र आगामी निर्वाचनपछिको सरकारको नेतृत्व पनि ठाकुरकै होस् भन्ने पक्षमा भारत रहेको बुझिन्छ । तसर्थ, चारतको सद्भाव पाइरहन पनि गच्छदार महन्थ ठाकुरसँग पार्टी एकता गर्न राजी भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष