बुटवलमा पहिलो पटक अटोमेसन एण्ड रोवर्टिक एक्स्पो सम्पन्न

९ जेष्ठ २०७०, बिहीबार ०७:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ जेठ । रेक्स एजुकेसन फउण्डेसन बुटवल र भारतको समालखा ग्रुप अफ इन्ष्टिच्यूसनको संयुक्त आयोजनामा बुटवलम पहिलो पटक अटोमेसन एण्ड रोवर्टिक वर्कशिप एक्स्पो बुधबार सम्पन्न भएको छ । अध्ययनका लागि बाहिर जान लागेका बिद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा रोवोर्टले कसरी काम गर्छ भन्ने कुरा देखाइएको थियो भने मानिसले बनाएको रोबोर्टले आफूलेभन्दा बढी काम कसरी गर्छ भन्ने पनि एक्स्पोमा अवलोकन गराइएको रेक्स एजुकेसनका फउण्डेसन बुटवल शाखाका सञ्चालक अनिल पाण्डेले जानकारी दिए । 
भारतको समालखा ग्रुप अफ ईण्डष्ट्रिजमा इञ्जिनीयरिं अध्ययन गर्ने बिद्यार्थीहरुले निर्माण गरेको रोबोर्ट मार्फत सो कलेजको इन्फरमेसन पनि गराइएको हो । रोबोर्टले कसरी धान काट्छ, रोप्छ, कसरी हिंड्छ जस्ता कुराहरुको बारेमा प्राबिधिकहरुले जानकारी गराएका थिए । सो कलेजमाएम टेक, बिटेक, एमबिए र बिबिए अध्ययन अध्यापन गराउदै आएको र थप नेपालका बिद्यार्थी लैजानका लागि कलेजको बारेमा सुचना प्रवाह पनि गरिएको कलेजका म्यानेजर जुगल किशोरले जानकारी दिए ।
सो कलेजमा अध्ययन गर्न चाहने बिद्यार्थीकालागि यस क्षेत्रबाट रेक्सले बिद्यार्थी पठाउने अनुमतिलिएर पहिलो चरण बिद्यार्थी पठाउने तयारी गरेको छ । सो कलेजमा अध्ययन गर्नकालागि नेपालबाट जाने एक जना बिद्यार्थीकालागि करिव ६ लाख रुपैंया लाग्ने छ भने रेक्स मार्फत जाँदा ४ लाख बढीमा अध्ययन पुरा गर्न सकिने पनि कलेजका म्यानेजर किशोरले बताए । त्यस्तै रेक्सले ७ वर्षको अवधिमा बुटवलबाट करिव ५ सय बिद्यार्थीलाई अवरोड स्टडीका लागि आईईएलटिस गराएर युके, युएसए, अष्ट्रेलीया, न्यूजिल्याण्ड, लाडभिया लगायतका देशमा अध्ययनका लागि पठाइ सकिएको पनि पाण्डेले जानकारी गराए ।
निशुल्क रुपमा आयोजना गरिएको एक्स्पोमा अभिभावक र बिद्यार्थी गरि करिव सय जना सहभागि थिए । उनीहरुलाई सर्टिफिकेट प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा