उद्योग संघले विद्युत प्राधिकरणमा तालावन्दी गर्ने

९ जेष्ठ २०७०, बिहीबार ०७:४८ मा प्रकाशित

रुपन्देही, ९ जेठ । हालको अनियमित लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएका कारण बिहीवारदेखि रुपन्देही उद्योग संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलमा अनिश्चितकालिन तालावन्दी गर्ने भएको छ । विद्युत समस्याले उद्योगहरु बन्द गर्नुपर्ने अवस्था श्रृजना भएको, करोडौंको मेशिनरीहरु विग्रदै गएको तथा आम उपभोक्ताको जनजीवनमा समेत कठिनाई सिर्जना भएको भन्दै रुपन्देही उद्योग संघले यसअघि वैशाख ३१ गते विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको थियो भने यही जेष्ठ ५ देखि ७ गतेसम्म बिद्युत प्राधिकरणमा धर्ना समेत दिएको थियो ।
गत मंगलबार उद्योगी र प्राधिरकणबीच छलफल भई यस क्षेत्रको समस्या बुधबारभित्र समाधानका लागि माथिल्लो निकायमा पहल गर्ने सम्झौता भए पनि बुधबार ५ः०० बजेसम्म पनि विद्युत प्राधिकरणबाट समस्या समाधानका लागि कुनै लिखित जानकारी पत्र नआएकोले तालावन्दी गर्नुपर्ने बाध्यता सृजना भएको संघका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए । संघले बुधबार नै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई भेट गरी ज्ञापन पत्र बुझाउनुका साथै एवं तालावन्दी सम्बन्धमा जानकारी गराएको छ । संघका अध्यक्ष पाठकको नेतृत्वमा गएको डेलिगेसन टोलीले यस क्षेत्रको विद्युत समस्या समाधानको लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयसँग माग समेत गरेको छ । टोलीमा संघका निवर्तमान अध्यक्ष एजाज आलम, वरिष्ठ उपाध्यक्ष वोनिन पिया, उपाध्यक्ष दिनेशराज रेग्मी, महासचिव गणेशप्रसाद अधिकारी, कोषाध्यक्ष विष्णु कुमार श्रेष्ठ, सचिव बाबुराम बोहरा, का.स.सदस्य माधब प्रसाद पौडेल, शिव कुमार पाठक, रुद्र बहादुर हमाल, कृष्ण पौडेल, नारायण भण्डारी, लोक बहादुर खत्री तथा प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।