२ सय ५० शिक्षकका लागी १० हजार परिक्षार्थी

९ जेष्ठ २०७०, बिहीबार ०७:३४ मा प्रकाशित

रुपन्देही, ९ जेठ । शिक्षक सेवा आयोगको परिक्षामा रुपन्देही जिल्लामा मागभन्दा ४० गुणा बढि परिक्षार्थी सामेल हुने भएका छन् । जिल्लामा २ सय ५० शिक्षकका लागी १० हजार १ सय ८२ जनाले परिक्षा दिने भएका हुन ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार प्राबि तहमा १ सय ६५, निमावि ४६ र माबि तहमा ३९ जना शिक्षकको कोटा छ । प्राबिको १ सय ६५ जनाको कोटामा ५ हजार २ सय ८९ जनाले आवेदन दिएका छन । त्यस्तै निमावि तहमा ४६ जनाको कोटामा ३ हजार ५ सय ५४ जनाको आवेदन परेको छ । माबि तहमा ३९ जनाको कोटामा १ हजार ३ सय ३९ जनाले आवेदन दिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गंगाराम आर्चायले जानकारी दिनुभयो । बिहीबारबाट हुने परिक्षाको लागी सबै तयारीपुरा भएको पनि उहाँले बताउनु भयो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड