एमाओवादी मिति सकिएको ऐजेरु पार्टी भएको बस्नेतको आरोप

९ जेष्ठ २०७०, बिहीबार ०७:३० मा प्रकाशित

काठमाडौं, ९ जेठ । एमाले पार्टीको कमजोरी औंल्याउनु पर्दा आलोचकहरुले उसको यदाकदा देखिने ढुलमुले चरित्रलाई आधार बनाएर लिंग नछुट्टिएको दलका रुपमा चित्रित गर्ने गर्दछन् । तर एमालेकै भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले भने एमाओवादी पार्टीलाई लिंगको पहिचान नभएको पार्टीको आरोप लगाएका छन् । बुधबार नवलपरासीको चिसापानीमा अनेरास्ववियु दिब्यज्योति क्याम्पस कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले एकीकृत माओवादी बर्गीय धरातल नभएको पार्टी रहेका उल्लेख गर्दै उसलाई ऐजेरु लागेको पार्टीको संज्ञा दिए।
ऐजेरुलाई विश्वास गरेर नेपाली जनताले गल्ती गरेको दावी गर्दै अध्यक्ष बस्नेतले माओबादी शान्तिप्रकृयामा आएपछि राज्यको १८ अर्ब रुपैया माओवादी सेना पाल्न सिद्धिएको उल्लेख गरे ।एकीकृत माओवादी मिति सकिएको औषधी रहेको भन्दै उनले नेपाली कांग्रेस पनि कुनै पनि कुरामा स्पष्ट नभएको पार्टी रहेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने