मधेसलाई भारतबाटै खतरा रहेको मातृकाको दाबी

९ जेष्ठ २०७०, बिहीबार ०७:२६ मा प्रकाशित

चन्द्रकान्त खनाल, ९ जेठ । नेकपा माओवादीका संयोजक मातृका यादवले मधेसलाई खतरा छ भने त्यो भारतीयहरुबाट नै भएको दाबी गरेका छन् । माओबादीनिकट बिद्यार्थी संगठनद्धारा भैरहवा क्याम्पसमा आयोजित बिद्यार्थीको सभालाई सम्बोधन गदै उनले वर्तमान प्रधानमन्त्री चोरहरुको संरक्षक डाँकाजस्तै भएको समेत टिप्पणी गरे ।
लोकमानसिंह कार्किलाई दलहरुले अख्तियार प्रमुखमा सिफारिस गर्नुको मुल कारण आफुहरुले गरेको भ्रष्टाचार लुकाउने प्रयास भएको भन्दै यादवले यो सबै काम भारतीयहरुको इशारामा भइरहेको दाबी गरे । भारत मधेसलाई पनि बलियो र सक्षम देख्न चाहँदैन भन्दै उनले मधेसी दलहरुमा टुटफुट आउनुमा भारतकै योगदान रहेको खुलासा गरे । यस हिाबमा मधेसलाई भारतबाटै खतरा रहेको यादवले बताए ।
उनले विद्यार्थीहरु जुन जुन संगठनमा भए पनि नराम्रो कुराको बिरोध गर्न चुक्नु नहुने सुझाव दिए । गलत र फटाहा प्रवृतिको विराध गरेर ठेगानमा ल्याउने कोसीस नगरे कुनै पनि संगठनमा बसेर विद्यार्थीले देश बनाउने होइन बिगार्ने काममा मात्रै सघाउ पुर्याउन सक्ने टिप्पणी गरे । विद्यार्थी भएर देश बिगार्ने कर्ममा नलाग्नुहोस्, उनले सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको