राजा घले वर्ष हिरोबाट सम्मानित

९ जेष्ठ २०७०, बिहीबार ०६:१९ मा प्रकाशित

तारा कुँवर, एटलान्टा ,अमेरिका । नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय रहेका राजा घलेलाई यहाँ रहेका नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग) ले हिरो अफ द इयरको रुपमा सम्मान गरेको छ | सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा समाजसेवी घलेलाई यसरी वर्ष हिरो घोषित गर्दै सम्मान गरिएको हो । नेपाली समुदायको हितका लागि सक्रियतापूर्वक स्वयंसेवीको रुपमा काम गर्दै आउनुभएको भन्दै संस्थाले घलेको सामाजिक योगदानको कदरस्वरुप सम्मान गरेको जनाएको छ । नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजीवीद्वय डाक्टर रामचन्द्र बराल र डाक्टर प्रल्हाद पन्तले संयुक्त रुपमा टिका र खादा लगाएर घलेको सम्मान गर्नुभएको थियो । सो अवसरमा जनकराज बरालले घलेको परिचय गराउनु भएको थियो । यस क्षेत्रका नेपालीहरुको उपस्थितिले खचाखच भरिएको कार्यक्रमस्थलमा सम्मान ग्रहण गर्दै घलेले आफु नेपालदेखि नै सामाजिक कार्यहरुमा नि:स्वार्थ सेवाभावले लागिपरिरहेको भन्दै जीवनकालभरि सधैं समाजसेवामा समर्पित भैरहने दृढता व्यक्त गर्नुभयो ।
आफुलाई वर्ष हिरोको रुपमा सम्मान गर्ने संस्था न्यागका कार्यहरुको प्रशंसा गर्दै घलेले निवर्तमान अध्यक्ष प्रणय लामाको कार्यकालमा धेरै राम्रा गुणात्मक र सिर्जनशील काम भएको आफुले पाएको बताउनुभयो । उहाँले संस्थाका नब निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई अझ बढी राम्रा कामहरु गर्न सफलता प्राप्त होस् भन्दै बधाई एवं शुभकामना दिनुभएको थियो । राजा घलेले स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय संघ संस्थाका विभिन्न जिम्मेवारीमा रहेर सामाजिक सेवामा आफुलाई समर्पित गर्दै आउनुभएको छ । उहाँ हाल एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को महासचिब जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै आउनुभएको छ भने अमेरिकाको नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका- नासाको पूर्व अध्यक्ष, एन.आर.एन. एन. सी. सी अफ यू. यस. ए को सह- अध्यक्ष र भिजिट नेपाल २०११ को लागि अध्यक्ष भएर धेरै कार्यक्रम गरेर योगदान दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत