महतोको अनसन जारी, आन्दोलन चर्काउने चेतावनी

८ जेष्ठ २०७०, बुधबार १८:१९ मा प्रकाशित

काठमाडौं, ८ जेठ । संविधानसभा निर्वाचन मितिको अविलम्व घोषणा तथा निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहित राष्ट्रिय जनसरोकारका विभिन्न १० बुँदे माग राखी राजन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले गर्दै आएको आन्दोलन तथा आमरण अनसन बुधबार दोस्रो दिन पनि जारी छ । पार्टी अध्यक्ष महतोले आफ्नो आमरण अनसनलाई निरन्तरता दिइरहेका छन् । सो पार्टीले सरकार तथा सरकार निर्माण गर्ने चार राजनीतिक पक्ष हालसम्म आफ्ना मागहरुप्रति संवेदनशिल नदेखिएको गुनासो गरेको छ ।
सद्भावनाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘एकातिर आम नेपाली जनतामा चुनावप्रतिको शंका बढ्दै जानु र अर्कोतिर वर्तमान अन्तरिम चुनावी सरकार द्वारा निर्वाचनको मिति घोषणा गराउनुको सट्टा अन्य कार्यमा आफ्नो रुचि देखाएको प्रति हामीलाई चिन्तित तुल्याएको छ । हाम्रो माग प्रति गम्भीर हुनु र यसलाई सम्बोधन गर्नुको सट्टा हाम्रो जायज मांग र आन्दोलनलाई वेवास्ता गर्नु सरकारको जनता र संविधानसभाप्रतिको उदासिनतालाई आम नेपाली जनतामा छर्लङ्ग पारेको छ । यसले भविष्यमा यस सरकारमाथि मात्र होइन चार पक्षीय राजनीतिक दलहरुको संयन्त्र दुवैको औचित्यमाथी प्रश्नचिन्ह उठ्न सक्ने छ ।’
संविधानसभा निर्वाचनको अविलम्व घोषणा र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने मागप्रति बेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाउने र यसबाट हुने कुनै पनि घटना दुर्घटनाको लागि सरकार र उच्चस्तरिय राजनीतिक संयन्त्र आफै जिम्मेवार हुने सो दलले चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको