भ्रष्टाचारको रोग पसेपछि ‘नीलहिरा’ पनि फुटको सिकार

८ जेष्ठ २०७०, बुधबार १८:०६ मा प्रकाशित

काठमाडौं ८ जेठ । समलिङ्गीहरुलाई हक अधिकार दिलाउने नाममा पूर्वसभासद समेत रहेका निलहीराका अध्यक्ष सुनिलबाबुले यौनिक तथा अल्पसंख्यक समुदायमाथि नै विभेद गरेको आरोप लगाउँदै उक्तसंस्थाबाट छुट्टिएर केही व्यक्तिले ‘समावेशी मञ्च नेपाल’ नामक अर्को संस्था स्थापना गरेका छन् । उनीहरुले विश्व मानवअधिकार घोषणा पत्र १९४८ ले सबैको मानवको बाँच्न पाउने अधिकार सुनिश्चित गरिसक्दा पनि निरहिरा समाजले त्यसको ठीक विपरित लैङ्गिक अल्पसंख्यकहरुको अधिकार कुण्ठित गर्दै भ्रष्टाचारमा लिप्त रही समलिङगिहरुलाई अधिकारविहीन बनाएको आरोप लगाएका छन् ।
समलिङ्गीहरुको नयाँ संस्था खोलेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समावेशी मञ्च नेपालका अध्यक्ष धनबहादुर पुनले भौगोलिक, जातीय, साँस्कृतिक विविधताले भरिएको नेपालमा बसोबास गर्दै आईरहेका यौनिक अल्पसंख्यक समुदायहरुको मानव अधिकार, मौलिक हकको संरक्षण र प्रवर्धन गर्दै जनचेतना र सशक्तिकरण गर्ने उद्देश्यले संस्था खोलिएको जानकारी दिए । पत्रकार सम्मेलनमा निलहिरा समाज शाखा कार्यालय नेपालगञ्जमा कार्यरत मनीष थापाले निलहिरा समाजले विनाआधार झुठा आरोप लगाएर आफुहरुलाई निकालेकोले अधिकारको लडाई लड्न नयाँ संस्था खोलेको खुलासा गर्दै संस्थामार्फत निलहिरा समाजको भ्रष्टाचारको भण्डाफार गर्ने चेतावनी दिए ।
अर्का समलिङगि अस्तु पुनले नर्वेजियन दाताहरुले पाँच वर्षका लागि दिएको प्रोजेक्ट दुई वर्ष बाँकी रहँदै सकियो भन्दै भ्रष्टाचार गरेर आफूहरुलाई निकालेको गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी