प्रमुख दल त्यागेर पाँच दर्जन कार्यकर्ता राष्ट्रिय सिवसेनामा

८ जेष्ठ २०७०, बुधबार १७:५५ मा प्रकाशित

काठमाडौ, ८ जेठ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा दलबदली र पार्टीप्रवेशका घटनाहरु पनि बढेका छन् । यसै क्रममा मुलुकका प्रमुख दलहरु एमाओवादी, काग्रेस, एमाले, नेकपा–माओवादीका करिब पाँच दर्जन कार्यकताहरुले आ–आफ्नो पार्टी परित्याग गरेका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच उल्लेखित दल छोडेर ती कार्यकर्ताहरु राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा एमाओवादीका २१ जना, नेकपा–माओवादीका १०, नेकपा एमालेका ८ र नेपाली काग्रेसका ६ जना स्थानीय नेता कार्यकर्ताहरुले आ–आफ्नो पार्टी परित्यागको घोषणा गर्दै राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेको जनाएका थिए ।
त्यसैगरी शिव सेना नेपालको सांस्कृतिक विभागका अध्यक्ष डिक खड्का, खेलकुद विभाग अध्यक्ष सरिता सापकोटा, शिब सेना नेपाल विद्यार्थी संघका अध्यक्ष सोमप्रसाद गर्तौला र प्रचार विभाग अध्यक्ष अजय मल्ल ठकुरीसहित पुरै जिल्ला सम्मको संगठन नै सो पार्टीमा प्रवेश गरेको थियो । उनीहरुले पार्टीको विचार र सिद्धान्त स्पष्ट हुन नसकेकोले आफूहरुले पार्टी परित्याग गर्नु परेको दावी गरे । कार्यक्रममा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रम बहादुर बमले उनीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण