एमाले र कांग्रेसबीच बढ्दैछ सहमति

८ जेष्ठ २०७०, बुधबार १६:३८ मा प्रकाशित

काठमाडौं, ८ जेठ । ‘थ्रेसहोल्ड’को विषयमा दलहरुबीच विवाद बढिरहेको र यही विषयले निर्वाचनको तिथि तोक्ने कार्यसमेत प्रभावित भइरहेको परिवेशमा कांग्रेस र एमालेले प्रस्तावित निर्वाचन कानुनमा राखिएको ुथ्रेसहोल्डुको प्रावधान कायम राख्नुपर्नेमा सहमति जनाएका छन् । यसअघि सहमति भइसकेको संविधानसभाको सदस्य संख्या ४ सय ९१ नै राख्नुपर्नेमापनि बुधबारको छलफलबाट उनीहरु एकमत भएका छन् । एमाले मुख्यालय बल्खुमा भएको दुई दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो ।
बैठकले असन्तुष्ट दलहरुसँग वार्ता गरेर निर्वाचनको खिलाफमा कुरा गरिरहेका मोहन वैद्य र उपेन्द्र यादवलाई समेत उच्च स्तरीय राजनीतिक समितिमा समे्टने सहमित गरेको छ। यसरी उनीहरुलाई मनाउन सके निर्वाचनको माहोल बन्ने आशा कांग्रेस र एमालेले गरेका छन् ।
यसअघि बाबुराम भट्टराई सरकारले गरेको विभिन्न राजनीतिक नियुक्ति खारेजी गरिनुपर्ने उनीहरुको माग छ भने फौजदारी अभियोग लागेकाले उम्मेदवार हुन नपाउने प्रस्तावित प्रावधानप्रति पनि उनीहरु एकमत देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी