नेपालको सेना, छिमेकको सहयोगी- धु्रवहरि अधिकारी

२३ चैत्र २०६८, बिहीबार २२:१५ मा प्रकाशित

अनुशासित शक्ति नेपाली सेना साविकका माओवादी लडाकुहरूको समायोजनको सिलसिलामा सार्वजनिक चर्चामा रहेको अवस्था छ। राजनीतिलाई अवसरवादको पर्याय बनाउन उद्धत एउटा जमातले ‘लोकतन्त्रीकरण’ को निहुामा पनि सेनालाई चर्चामा तान्ने गरेको छ। यद्यपि अनुशासित रहनुपर्ने जनशक्तिको संस्थागत संरचनामा कुन प्रकारको लोकतन्त्र कसरी ल्याउन सकिने हो त्यसको खुलस्त व्याख्या त्यस्तो चाहना राख्नेहरूबाट आएको पाइादैन। दक्षिण एसियाका पाकिस्तान र बंगलादेशजस्ता मुलुकमा सेनाले बेला―बखत राजनीतिक महत्वकांक्षा पनि देखाएका छन्, श्रीलंकाकै पूर्व सेनापति शरद फोन्सेका राजनीतिक चक्रवातमा पर्नाले काराबासमा परेको दृष्टान्त पुरानो होइन। नेपालको सेना त्यस्तो राजनीतिक रणनीतिमा हिाड्दैन भन्ने मान्यता रहिआएको छ जुन स्वस्थ लोकतान्त्रिक परिपाटीको लागि सहयोगी दृष्टिकोण हो। वैधानिक तवरमा स्थापित नागरिक (निजामती) सरकारको आदेश–निर्देशमा खट्नु सेनाको कर्तव्य नै हो। हो, असाधारण परिस्थितिमा अथवा बहाल रहेको सरकारको वैधानिकताबारे प्रश्न उठेको बेलाको कुरो भने बेग्लै हो।
छिमेकको भारतमा पनि यतिखेर सेना व्यापक चर्चामा परेको छ, त्यहााका समाचार माध्यम नियाल्दा परिस्थितिको आकलन भैहाल्छ। सेना प्रमुख भीके सिंह नै चर्चाको केन्द्रविन्दुमा परेका छन्। उमेरसम्बन्धी विवादको क्रममा उनले आगामी जेठ १८ गते (३१ मे २०१२) का दिन पद छोड्नुपर्ने भएको छ। अर्थात् अर्को एक वर्ष पदमा बहाल रहन पाउनुपर्ने उनको दाबीलाई भारतको रक्षा मन्त्रालयले स्वीकार गरिदिएन। अहिले सुनिादैछ, सेना प्रमुख सिंहले यसै साता गर्न लागेको नेपाल–यात्रालाई पनि रक्षा मन्त्रालयले छोट्याइदिएको छ। चार दिनको प्रस्तावित भ्रमणलाई दुई दिनमा झारिदिएको छ। त्यहाा नागरिक सरकारले सेनामा निगरानी, नियन्त्रण राख्ने अभ्यासको नवीनतम् दृष्टान्त प्रस्तुत हुादैछ। एकथरी विश्लेषकहरू भन्दैछन्, समस्या अहिलेका सेना प्रमुखको ढिपीसित मात्र गाासिएको हो। सिङ्गो सेना समस्यामा छैन।
घटनाक्रमले भने समस्या एक व्यक्तिसित सीमित नरहेको देखाउादै छन्। सेवानिवृत्तिको दिन पर्खेर बसेका सेना प्रमुख सिंहले फागुन २९ गते (१२ मार्च) प्रधानमन्त्री मनमोहन सिंहलाई लेखेको ‘गोप्य’ चिट्ठीको बेहोरा चुहेर समाचार माध्यममा आएको छ। भनौं, कुरा– बेहोरा सार्वजनिक जानकारीमा आइसकेका छन्। सो पत्रको बेहोरा पढ्नेले भारतको वायु सेना ९७ प्रतिशत थोत्रो भैसकेको कुरो बुझ्न सहजै सक्दछ। स्थल सेनाका बख्तरबन्द गाडी (ट्याङ्क) काम नलाग्ने अवस्थामा भएको, रातिको समयमा दुश्मनसित भिड्न चाहिने उपकरण नभएको आदि, इत्यादि कुरा बाहिर आउादा चीन र पाकिस्तानको हौसला बढ्ने आशङ्का पैदा भएको छ। यी कुराहरू जनसमक्ष आउादा चीनका राष्ट्रपति हु जिन्ताओ एउटा क्षेत्रीय सम्मेलनमा सामेल हुन दिल्ली पुगेका थिए। कस्तो संयोग!
घूस, रिसवतका प्रसङ्ग पनि यसैबीचमा आए। सेना प्रमुख सिंहले ‘द हिन्दु’ अखवारलाई दिएको भेटवार्तामा भन्न पुगेः– सन् २०१० मा तत्कालीन रथी (ले. जनरल) तेजिन्दर सिंहले मलाई २८ लाख डलर जतिको रकम घूस दिएर ६०० थान त्यस्ता ट्रकहरू खरिद गराउन खोजेका थिए जुन ज्यादै कमसल र पुराना (थोत्रा) थिए। यस विवादमा मुछिएका जर्नेलले यो आरोपको खण्डन गरेका छन् र सेना प्रमुखविरुद्ध अदालतमा मुद्दा हालेका छन्। लहरो तानिादा पहरो थर्किने स्थिति विकसित हुादैछ। प्रधानमन्त्रीलाई लेखेको गोप्य चिट्ठीको बेहोरा सार्वजनिक गरिनुलाई देशद्रोही कार्य हो भन्दै सेना प्रमुख भीके सिंहले कठोर कारबाहीको माग गरेका छन्। यसले अहिलेको जटिलतामा कस्तो आयाम थप्ने हो यसै भन्न कठिन छ। ११ लाखको संख्यामा रहेको भारतीय सैनिक जनशक्तिको मनोबलमा कुन स्तरको असर पर्ने हो त्यो बेग्लै अड्कलको विषय बनेको छ।
हालैका वर्षहरूमा भएको सन्तोषजनक आर्थिक वृद्धिदरले भारतमा गरीवी घटाउन उल्लेख्य सघाउ पुर्‍याएको कुरा निर्विवाद छ। तथापि आज पनि निरपेक्ष गरीवीमा बााच्न विवश भारतीयहरूको संख्या करोडौंमा छ― सर्वेक्षण, अध्ययनले देखाएको नाङ्गो वास्तविकता हो। त्यस्तो देशमा हातहतियारको लागि अर्बौ―अर्बको राज्यकोष खर्चिनु विडम्बना नै हुन्छ। र, यस्तो कार्यले अन्तर्विरोध चर्काउने कुरालाई नै बल पुर्‍याउाछ। अस्ति शनिबार अमेरिकाको लस् एञ्जिलिस टाइम्समा प्रकाशित विवरणमा भारतीय सेनाका एक कर्णेल अजय शुक्लालाई प्रतिरक्षा विश्लेषकको रूपमा उद्धृत गरिएको रहेछ:– ‘भारत एउटा त्यस्तो गाउाले युवकजस्तो भएको छ जो खल्तीमा नगदको बिटो बोकेर बजारतिर निस्केको छ। हरेक व्यक्ति उसको खल्तीको रकम उछिट्याउने दाउमा छन्।’ हुन पनि हो, आउँदो पााच वर्षमा ८० अर्ब डलरको हतियार किनमेल गर्ने भारतको योजना छ। फ्रान्स, बेलायत र अमेरिकाका हतियार कारोबारीहरू सगबगाएका छन्। तिनले बेचेको हतियारले को मर्ने हुन् त्यो तिनको चासोको विषय हुादैन। हतियारका कारोबारीलाई यसको के मतलब!
स्वीडेनको शान्ति अन्वेषणमा संलग्न संस्था ‘सिप्री’ को ताजा अध्ययनले सन् २००७ र २०१२ को समय अवधिमा संसारको सबैभन्दा धेरै हतियार आयातकर्ता देश भारत थियो जसको हतियारको विश्वबजारबाट दस प्रतिशत सामग्री खरीद गर्‍र्यो। भारत आफ्नो आवश्यकताको ७० प्रतिशत भाग आयात गर्दछ, केवल ३० प्रतिशत सैनिक उपकरण मात्र भारतमा उत्पादन हुन्छ। चीनले भने घरेलु उत्पादन ९० प्रतिशत पुर्‍याएको रहेछ। यस फााटमा चीन अगाडि देखिन्छ।
नेपालको सैनिक नेतृत्व सम्भवतः यस्ता घटना विकासबाट अनभिज्ञ छैन। तसर्थ यसले भारतीय सेना प्रमुखको भ्रमण अवधिमा सैनिक सहायतासम्बन्धी सम्झौता गर्दा पर्याप्त सावधानी अपनाउनेछ भन्ने आशा गरौं। अर्थात् नयाानयाा खरीदमा लागेको भारतले आफ्नो भण्डारमा थन्किएर रहेको थोत्रा, पुराना, भुत्ते हतियार र गोलिगट्ठा नेपाललाई उपलब्ध गराउने तारतम्य नमिलाओस्। किनभने निःशुल्क नै पाए पनि त्यस्तो औजार, उपकरण लिइदिएर सेना–सेनाबीचको सम्बन्ध दरिलो राख्ने योजनामा लाग्नु राष्ट्रको लागि घातक कार्य हुन जान्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।