सुरूङमार्गको निर्माण एक महिनाभित्रै सुरु हुने

८ जेष्ठ २०७०, बुधबार ०६:३७ मा प्रकाशित

काठमाडौं, ८ जेठ । लामो समयदेखि चर्चामा रहेको काठमाडौं=कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । नीजि क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीवीसीएल) नामक कम्पनीले निर्माण गर्न लागेको सो सुरूङमार्ग खन्ने काम अबको एक महिनाभित्रै सुरु गरिने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जनाएका छन् । गत माघ २६ गते नै कुलेखानीको जलाशायदेखी करिब ५ सय मिटर पूर्वमा कम्पनीले सुरूङ खन्न सुरु गर्ने भन्दै साइत पूजा गरेको थियो । बताइएअनुसार ३४ अर्ब लगानीमा निर्माण हुन लागेको उक्त मार्ग निर्माणमा स्वदेश र विदेशमा रहेका नेपालीहरूको लगानी रहने छ । कम्पनीले परियोजनामा समेटीने २६ वटा गाविसका स्थानियसहित, विभिन्न संघरसंस्थालाई सेयर आव्हान गर्ने बताइएको छ । यसरी जुटाइएको स्रोतबाट निर्माण भएको सुरूङमार्गले १८ वर्षभित्र लगानी उठाई त्यसपछी मुनाफा गर्ने भनिएको छ । यस परियोजनाको लगानी उठाउने मुख्य स्रोत सडकमा गुड्ने सवारीबाट उठाइने शुल्क हुने छ । सरकारको रोहबरमा उठाइने शुल्कको दर हरेक वर्ष एकनास हुने छैन । विस्तृत अध्ययन प्रतिवेदनले मोटरसाइकलबाट १ सय ६० र ठुलो लरी ट्रकबाट ३ हजारसम्म उठाउने प्रस्ताव गरेको छ ।
राजधानीको बल्खु हुदै हेटौडासम्मको कुल दुरी करिब ५८ किलोमिटर दुरी हुने सुरुङमार्ग भनिएको सडकमा करिब साढे ३ किलोमिटर सडक सुरूङभित्र हुनेछ । बाँकि ५५ किलोमिटर भने खुल्ला सडक हुनेछ । एनपीबीसीएलले  सडकको निर्माण अवधि ४४ महिना हुने भनेको छ । यसअनुसार करिब चार वर्षको निर्माण अवधिपछी सुरूङमार्ग संचालनमा आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी