किन गरियो पूर्वसभासद् मियाको हत्या ?

७ जेष्ठ २०७०, मंगलवार १७:४७ मा प्रकाशित

काठमाडौं, ७ जेठ । सप्तरीको कल्याणपुर–२ निवासी क्षेत्र नम्वर–५ का पुर्व स्वतन्त्र सभासद ५५ बर्षीय सदरुल हकको सोमबार राती हत्या भएको छ । सप्तरी जिल्लाको कल्याणपुर–२ स्थित बिसनपुर चौकीनजिक आफैंले सञ्चालन गर्दै आएको हुमा पेट्रोल पम्पमा रहेको भवनको माथिल्लो तलामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट मिया“को हत्या भएको हो ।
पूर्वसभासद मियाको हत्याको बिरोध र छानबिन गरी हत्यारालाई कारबाही गर्नुपर्ने माग लिएर मंगलबार दिनभर हजारौंको संख्यामा स्थानीयवासी भेला भई जुलुस, नाराबाजी र सडक अवरुद्ध गरेका छन् । अहिलेसम्म हत्याबारे कुनै सुराकी फेला नपरेपछि क्षेत्रीय कुकुर बिद्यालय धरानबाट तालिम प्राप्त कुकुर झिकाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इ“टाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसायी रहेका मिया“ले आफ्नो इ“टाभट्टाबाट इ“टा बेचेको करिब १२ लाख रुपैया“ सङ्कलन गरेकै रात उनको हत्या भएको बताइएको छ । पेट्रोलपम्पको पहिलो तलामा सुतिरहेका मिया“लाई लछारपछार गरी घा“टी रेटेर हत्या गरिएको पाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘हत्याबारे आफूहरूलाई बिहान ९ बजे जानकारी आएको र अहिले हत्याराको खोजीका लागि प्रहरी परिचालन गरिनुका साथै प्रभावकारी अनुसन्धानका लागि कुकुरसमेत झिकाइएको बताए । मिया“ मध्यमवर्गीय परिवारका सप्तरीका सफल व्यवसायीको रूपमा चिनिन्छन् । उनको सप्तरी र सुनसरीमा गरी तीनवटा इ“टाभट्टा र सप्तरीमा एउटा पेट्रोलपम्प तथा एउटा समिल छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।