मलको थुप्रोमा खतर्नाक हतियार

७ जेष्ठ २०७०, मंगलवार १७:३३ मा प्रकाशित

काठमाडौं, ७ जेठ । गोलढुंगा र धर्मस्थलीको बीचको खाली जग्गामा मलमा गाडेर छिपाई राखेको अवस्थामा विभिन्न हतियारका गोली र म्याग्जीन फेलापरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट खटिएको प्रहरी टोलीद्वारा बरामद गरिएका सामग्रीहरुमा एस.एल.आर.को गोली ४८ राउण्ड, थ्रिनटथ्री राइफलको गोली १८ राउण्ड, म्याग्नम राईफलको गोली ४९ राउण्ड, चाइनिज टाईप ५४ पेस्तोलको गोली १ सय २८ राउण्ड, सोको म्याग्जीन २ थान, खोका ६ थान, ९ एम.एम.को गोली ९ राउण्ड, चाइनिज पेस्तोल टाईप ७७ को गोली ४४ राउण्ड, सोको खोका २ थान, हर्नेटको गोली ३ राउण्ड, टुटु राईफलको गोली ९ राउण्ड र सोको म्याग्जीन १ थान रहेको बताइएको छ । ती सामाग्रहिरु बेवारिसे अवस्थामा बरामद गरिएको थियो ।
यसैबीच दोलखा जिल्ला गौरी शंकर–४ घर भएका २१ बर्षीय मदन खड्का र दोलखा बोगटी–५ घर भएका ३३ बर्षीय रमेश बुढाथोकीलाई प्रहरीले कस्तुरीको बिनासहित नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी छेउको खोला किनारमा दुर्लभ बन्यजन्तु कस्तुरीको विना अवैध कारोवार भईरहेको सुचनाका आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले १० तोला बिनासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा