चलचित्रका नायक सगरमाथा शिखरमा

७ जेष्ठ २०७०, मंगलवार ०९:२४ मा प्रकाशित

काठमाडौं, ७ जेठ । नेपाली चलचित्रका नायक अर्जुन कार्की र राष्ट्रिय म्याराथन खेलाडी सञ्जय पाण्डेले बिश्वको सवौच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरुले सोमबार बिहान साढे सात बजे शिखरमा पाइला टेकेको उक्त टिमका सम्पर्क अधिकृत ओङछु शेर्पाले जानकारी दिए । उनीहरु अहिले क्याम्प ४ मा फर्किसकेको बताइएको छ ।
सहयोगीको अनुमति लिएर आरोहीको रुपमा सगरमाथा चढ्न लागेका भनेर विवादमा परेका नायक कार्कीले सहयोगीकै हैसियतमा सगरमाथा चढेका हुन् । सेभेन समिटद्वारा संयोजन गरिएको उक्त समूहमा विदेशी नागरिक १४ जना, नेपाली शेर्पा २५ जना र एक जना खेलाडी गरी ४१ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा