काली माताका मुर्तिको प्राण—प्रतिष्ठा

७ जेष्ठ २०७०, मंगलवार ०८:५९ मा प्रकाशित

रुपन्देही, ७ जेठ । बुद्धमावली क्षेत्र देबदह–५ मा रहेका २ वटा मन्दिरमा एकैपटक नयाँ मुर्तिको प्राण—प्रतिष्ठा गरिएको छ । सोमबार आयोजित एक भब्य समारोहका बिच शितलनगरमा रहेको दुर्गा मन्दिरमा दुर्गा भवानीको मूर्ति र सोहि स्थानकै महाकाली मन्दिरमा काली माताको नयाँ मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो ।
प्राण—प्रतिष्ठाअघि देबदह शितलनगरबाट बाजागाजा नााचगानसहित सयौंको संख्यामा श्रद्धालुहरुको उपस्थितीमा मूर्तिलाई रथारोहण गरि खैरेनी बजार पुर्‍याएर मन्दिरमा ल्याई स्थापना गरिएको हो । ति मूर्तिहरु भारतको राजस्थानबाट २२ लाख रुपैंयाको लागतमा नेपाल भित्र्याइएको मन्दिरका योजनाकार गोपालप्रसाद ढकालले बताए । ति दुई मन्दिर निर्माणका लागि १/१ करोडको लगानी रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष डिल्लीराज मरासिनीले बताए । दुर्गा भवानीको मन्दिर स्थानियको आर्थिक सहयोगमा निर्माण गरिएको हो भने महाकालीको मन्दिर स्थानिय गोपाल प्रसाद ढकालको लगानीमा निर्माण भएको बताइएको छ ।
– चन्दकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन