आर्थिक मुद्दालाई सबैको साझा बनाउन व्यवसायीहरुको आग्रह

७ जेष्ठ २०७०, मंगलवार ०८:४८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ७ जेठ । रुपन्देही तथा आसपास क्षेत्रका उद्योगीहरु–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई सबैको साझा मुद्धाका रुपमा लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको १९ औं सल्लाहकार सभाको उद्घाटन कार्यक्रममा बोल्नेहरुले मुलुकको आर्थिक समृद्धि व्यवसायीलाई मात्र नभएर सबै नेपाली जनताका लागि भएकाले साझा एजेण्डा बनाउन दलहरुलाई आग्रह गरेका हुन्  ।
उनीहरुले छिटो नयाा निर्वाचन गरी जनप्रतिनिधिबाट मुलुक सञ्चालन गर्न र निर्वाचनमा जाादा आर्थिक क्षेत्रका बिषयलाई आफ्ना घोषणा पत्रमा स्पष्ट पार्न आग्रह गर्दै स्वदेशमा श्रमिक नपाइने तर बिदेशमा गएर ठगिने अवस्थाको अन्त्यका लागि पनि स्पष्ट योजना दलहरुले अघि सार्नुपर्नेमा जोड दिए ।
सभाको उद्घाटन गर्दै पुर्वसासंद तथा संघका पुर्वअध्यक्ष सुर्यप्रसाद प्रधानले राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र फष्टाउन नसकेको स्थितिमा व्यवसायीहरुले व्यवसायीक एकता कायम राख्दै थप संकटमा फस्न नदिन पहल गर्नुपर्ने बताए । उनले यस क्षेत्रको बिकास निर्माणमा नीजि क्षेत्रको सक्रियतामा सरकारी निकायको भन्दा बढी भएको उल्लेख गर्दै सरकारका एकलौटी योजनाहरु दीगो बन्न नसकेको बताए ।
संघका अध्यक्ष सुरेन्द प्रसाद श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष महेशमान सिंहको धन्यवाद र महासचिव अनिल प्रसाद श्रेष्ठको सञ्चानमा भएको कार्यक्रmमा संघ अन्र्ततग गठित बिभिन्न ३३ वटा वस्तुगत समितिले व्यवसायमा देखिएका समस्या, समाधानका उपाय, समितिले गरेका काम तथा स्थानिय बिकास निर्माणसहितको प्रतिबेदन पेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण