राजासहितको प्रजातन्त्र पुनस्र्थापित हुनेमा कमल थापा ढुक्क

६ जेष्ठ २०७०, सोमबार २२:०९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकीकरणरुपी गठबन्धनले राप्रपाको वैचारिक मृत्यु भएको टिप्पणी गरेका छन् । यो एकीकरणपछि राप्रपा प्राणविनाको शरिरजस्तो भएको थापाले बताए । उनले आगामी मंसिरमा दोस्रो संविधानसभाको चुनाव हुनेमा आशंका प्रकट गर्दै वर्तमान सरकार चारदलिय सिन्डीकेटको लाचार छाया भएको आरोप पनि लगाए ।
चारदलिय सिन्डीकेट कायम रहेसम्म स्वतन्त्र र निष्पक्ष एवं भयरहित वातावरणमा चुनाव हुने कुरामा आफुलार्ई विश्वास नभएको उल्लेख गर्दै थापाले सरकार गठन भएको दुई महिनासम्म पनि चुनावको मिति घोषणा नहुनु चिन्ताको विषय भएको गुनासो गरे । उनले सरकारको अहिलेसम्म ठोस र सार्थक काम नदेखिएको धारणा प्रकट गरे ।
नेकपा–माओवादी लगायत ३३ दललाई चुनावमा ल्याउनको लागि जुनसुकै सर्त पनि मान्न थापाले सरकारलाई सुझाव दिएका छन् । राजासहितको प्रजातन्त्र पुनस्र्थापित हुने कुरामा आफु सत प्रतिशत विश्वस्त रहेको थापाले बताए । विगत आठ वर्षको अवधिमा दलहरुका गतिविधिले राजसंस्थाको औचित्य र महत्व बढेर गएको थापाको दावी छ । उनले २०६३ साल वैशाख ११ गते गिरिजाप्रसाद कोइरालाको महाराजगंजस्थित निवासमा संसदवादी सातदलसँंग संवैधानिक राजासहितको प्रजातन्त्रीक प्रणाली कायम राख्ने भन्ने सम्झौता भएबमोजिम राजाले संसदको पुनस्र्थापना गरेकोमा दलहरुले राजालाई धोका दिएको आरोप लगाए । उक्त सम्झौतामा तत्कालिन नेकपा माओवादीको मौन संलग्नता भएको कुरा समेत थापाले बताए । थापाले राजा, संसदवादी र माओवादी एकै ठाउँ अट्ने प्रजातान्त्रिक प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिए ।
पार्टी संगठनको क्रममा सुदुरपश्चिमाञ्चलको भ्रमणपछि राजधानी फर्कने क्रममा थापाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ