अवैध लागुऔषध कारोवारी फ्रान्सेली पक्राउ, लेक लागेर चीनियाँ आरोहीको मृत्यु

६ जेष्ठ २०७०, सोमबार २१:३१ मा प्रकाशित

काठमाडौं, ६ जेठ । एक महिनादेखि पोखराको लेकसाइड–६ स्थित अन्नपुर्ण होटलमा बस्दै आएका फ्रान्सेली नागरिक ४६ बर्षीय ड्यानियल ज्याक सेभ्जलाई प्रहरीले लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उल्लेखित बासस्थानबाट उनलाई प्रहरीले अवैध लागूऔषध चरेश १ के.जी. ८५ ग्राम र गाँजाको धुलो १ सय ग्रामसहित पक्राउ गरेको हो । निजले लेकसाइडस्थित चिल्वी बारअगाडिको भित्री गल्लीमा चरेश बेच्दै गरेको सुचना प्रहरीलाई प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । सोही क्रममा उनी बसेको कोठा तलासी गर्दा दराजमा लुकाई राखेको अवस्थामा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
उता सगरमाथा आरोहन गर्न गएका एक चीनियाँ नागरिकको आरोहण सम्पन्न गरी फर्केर आएँदा सोलुखुम्बु खुम्जुङ–८ स्थित क्याम्प नंबर ४ मा मृत्यु भएको छ । पासपोर्ट नम्वर २१४८५७१६६ का चाइनिज नागरिक ५८ बर्षीय सिल्हो सिह्लीलाई सगरमाथा आरोहन गरी फर्कने क्रममा लेक लागेको थियो । लेक लागेर बिरामी परेका उनको सुतिरहेको अवस्थामा आइतबार राती मृत्यु भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले इलाका प्रहरी कार्यालय नाम्चेमा टेलिफोनद्धारा जानकारी गराएका छन् । इलाका प्रहरी कार्यालय नाम्चेबाट उक्त स्थानमा पुग्न ५÷६ दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो