थ्रेसहोल्डबाट पछि नहट्ने नेता महतको स्पष्टोक्ति

६ जेष्ठ २०७०, सोमबार २०:४६ मा प्रकाशित

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले नेपाली कांग्रेस थ्रेसहोल्डकै पक्षमा रहेको र अडानबाट पछि नहट्ने बताएका छन् । थ्रेसहोल्ड हटाउन खोज्नु बहुदलीय ब्यवस्थालाई बद्‌नाम गर्न गर्ने षड्यन्त्र हो भन्ने तर्क गर्दै नेता डा. महतले थ्रेसहोल्डको व्यवस्था संसारभर रहेको प्रस्ट्याए । फौजदारी अभियोग प्रमाणित भएकालाई निर्वाचनमा उम्मेद्वारी दिन नपाउने गरी निर्वाचन आयोगले गरेको ब्यवस्थाले स्वस्थ राजनीतिको कल्पना गरेको भन्दै त्यसको पक्षमा समेत काग्रेस अडिग रहने डा. महतले स्पष्ट पारे।
राजधानीमा आयोजित एक कार्यक्रमबीच सभासदको ६०१ को भारी संख्यालाई हिजो सबैले गाली गरेर अस्वीकार गरिसकेकोले दलहरुबीच संख्या घटाउनेमा सहमति भएको उनले बताए । उक्त सहमतिविपरित माओवादीले अहिले बदल्दै जो अगुवा उही बाटो हगुवाको चरित्र देखाएको उल्लेख गरे ।
सोही कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले निर्वाचनका लागि मन्त्री परिषदका अध्यक्षले प्रधानन्यायधिस पदबाट राजिनामा दिने, चार दलीय संयन्त्र विघठन गर्ने लगायतका सबै माग पुरा गर्न तयार हुनुपर्ने बताए भने थ्रेसहोल्ड हटाएर एमाओवादीले बहुदलीय व्यवस्थालाई बद्‌नाम गर्न चाहेको उनको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४