‘वैद्य माओवादी’द्वारा ‘प्रचण्ड माओवादी’को घर–जग्गा कब्जा

६ जेष्ठ २०७०, सोमबार ०९:५९ मा प्रकाशित

काठमाडौं, ६ जेठ । एमाओवादीका एक केन्द्रीय सदस्यको पुख्र्यौली घरजग्गा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले कब्जा गरेको छ । माओवादी कार्यकर्ताले प्रचण्ड पक्षधर केन्द्रिय सदस्य निनु चापागाईंको भोजपुरको दिङ्लास्थित घरजग्गा एक महिनाअघि नै झण्डा गाडेर कब्जा घोषणा गरेका हुन् । यसरी आफ्ना केन्द्रिय सदस्यको घर कब्जा गरेकोप्रति आपत्ति जनाउँदै एमाओवादी जिल्ला नेतृत्वले चापागाईंको जग्गा फुकुवा गर्न माओवादीसित माग गरेको छ । चापागाईंको घरजग्गा फुकुवा गराउन एमाओवादी भोजपुर जिल्ला कमिटीको गुप्तेश्वर गाविसमा तीन दिने बैठक नै बसेको बुझिएको छ ।
प्रचण्ड पक्षधर एमाओवादीले वैद्य समुहलाई वार्ता र संवादबाट समस्या हल गर्न अनुरोध गर्दै कब्जा फिर्ता नगरे त्यसबाट उत्पन्न परिणामको आफै जिम्मेवार हुन चेतावनी दि छ । वैद्य समूहले अवैधानिक बाटोमा जान खोजेकोले वैधानिक निकायमा उनीहरुको उपस्थितिलाई बहिष्कार गर्ने र कुनै पनि निर्णय नगर्ने समेत एमाओवादीले निर्णय गरेको जिल्ला संयोजक रामकुमार राईले बताए ।
यसरी माओवादीले माओवादीकै सम्पत्ति कब्जा गरेको घटनालाई जिल्लाका अन्य पक्षले भने बडो उत्सुकताका साथ नियालीरहेका छन् । जनयुद्धको नाममा अन्य राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको घरजग्गा कब्जा गर्दा उनीहरुको मनोदशा कस्तो भएको थियो भनी बुझ्न एमाओवादीका नेताहरुलाई यस प्रकरणले सघाउ पुर्याउने विश्लेषकहरुको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र