सर्कसबाट पीडित दुई युवतीको उद्दार

६ जेष्ठ २०७०, सोमबार ०९:४४ मा प्रकाशित

काठमाडौं, ६ जेठ । परिवारकै स्वीकृतिमा १७ वर्षअघि सर्कसमा काम गर्न भारत पुर्याइएका दुई नेपाली युवतीको उद्दार गरिएको ‘सानो पाइला’ नामक गैरसरकारी संस्थाले जनाएको छ । उनीहरुलाई मीठो खान, राम्रो लाउन र शिक्षादीक्षा दिलाउनेलगायतका अनेक मिठा सपना देखाएर दलालमार्फत् आठ वर्षको उमेरमै भारतको सर्कसमा पुर्याइएको थियो । उद्दार गरिएका युवतीहरुको उमेर हाल २२ र २४ वर्षको रहेको सानो पाइलाले जनाएको छ । 
वषौं बितिसक्दा पनि आफ्ना छोरीहरू नेपाल नआएको र उनीहरूले पैसा पनि नपठापछि दुई वर्षको प्रयासमा भारतको राजस्थानबाट परिवारको सहयोगमा उद्धार गरेको बताइएको छ ।
मकवानपुरका किसन लामा भन्ने दलालले १७ वर्षअगाडि भारतको सर्कसमा पु¥याएका ती नेपाली युवतीको तीन साताको प्रयासमा उद्धारमा सफलता मिलेको सानो पाइलाका सुवीर घोषले बताए । उद्धार टोलीले नेपाल सरकारको पराराष्ट्र मन्त्रालय, स्थानीय प्रहरी प्रशासनको आधिकारिक पत्र तयार गरी भारतीय सहयोगी संस्थासँगको सहयोगमा उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका दुवै युवती मकवानपुरको फापरबारी–९ का बासिन्दा हुन् । सर्कसमा कामलगाएबापत हालसम्म कुनै पारिश्रमिक नदिएको उद्धार गरिएका युवतीहरूलाई उद्धृत गर्दै जनाइएको छ ।
सुरुका दिनमा सर्कसका काम गर्दा साहुले यातना दिने र खान तथा लाउनसमेत नदिएको उनीहरूको भनाइ छ । सुरुमा भारत लैजाने किसन लामाले अलंकार सर्कस, शालिमार सर्कस र अन्तिममा अम्बिका सर्कसमा काममा लगाएको उनीहरूले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा