विभागलाई पूर्णता दिएसँगै कांग्रेसमा असन्तुष्टिको लहर

६ जेष्ठ २०७०, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौं, ६ जेठ । ‘बाह्र वर्षमा उनी आए म फलानीलाई ज्वरो आयो’ भन्ने आशयको नेपालीमा एउटा उखान छ । यो उखान यतिबेला नेपाली कांग्रेस पार्टीको नियतिसँग ठ्याम्मै मिल्न पुगेको छ । कांग्रेस सभापति सुशील कोइरालाले लामो समयदेखि प्रतीक्षा गरिएको ४२ ओटा केन्द्रिय विभागलाई पूर्णता दिएपछि यस्तो अनुभूति गरिएको हो ।
विधानतः महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलाई कोइरालाले करिब तीन वर्षमा गत शनिबार राती पूर्णता दिए। सभापति कोइरालाले प्रत्येक विभागमा २० जना सदस्य मनोनयन गरेका छन् । भ्रातृ वा शुभेच्छुक संस्थासँग सम्बन्धित विभागमा ती संस्थाका प्रमुखलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरिएको छ । झन्डै एक वर्षअघि विभागका संयोजक तोके पनि त्यसलाई पूर्णता दिन सकिएको थिएन । कोइरालाले विभागलाई पूर्णता दिनका लागि सदस्यमा मनोनित गरेका कैयनले पद अस्वीकार गरेका छन् भने देउवा पक्षले नौ सयभन्दा सदस्य मनोनयन गर्दा आफ्नो पक्षमा दुई सय जना पनि नपरेको भन्दै तीव्र असन्तुष्टि जनाएको छ । यसबाट विभागलाई पुर्ण दिइए पनि पार्टीभित्रको विवाद पुनः उल्झने देखिएको छ ।
विभागलाई पुर्णता दिन नेता देउवासँग सहमति जुटाएपनि सदस्यहरु राख्दा भने सन्तुलन नमिलाएको उक्त पक्षको आरोप छ । कोइरालाकै आग्रहमा देउवा पक्षले ४२ विभागमा दश जनाका दरले झन्डै साढे पाँच जनाको लिष्ट कोइरालालाई बुझाएको थियो । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र ज्ञानेन्द्रवहादुर कार्कीले केही दिन अघि कोइरालाई बुझाएको लिष्टमध्ये दुई सय पनि नपारिएको देउवा निकट एक सदस्यले बताए । हचुवाको भरमा समितिमा राखिएको, मधेशमा प्रतिनिधित्व कम भएको भन्दै संस्थापन पक्षबाटै पनि असन्तुष्टी प्रकट भएको छ । संस्थापन पक्षका कतिपय सदस्यले विभाग संयोजकसंग नाम मागेर आफू खुशी राखिएको भन्दै असन्तुष्टी जनाएका छन् ।
प्रचार विभाग र विद्यार्थी विभागमा मनोनित गरिएका सदस्यहरूले विभाग गठनप्रति गम्भीर आपत्ति जनाएका छन् । नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले युनियनसँग सल्लाह नै नगरी प्रचार विभाग गठन गरिएकामा गम्भीर आपत्ति प्रकट गरेका छन् भने नेपाल पत्रकार महासंघका सचिव जगत नेपालले पनि आफूसँग सल्लाह नै नगरी विभाग सदस्यमा आफ्नो नाम राखेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् ।
नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी गर्दै चुनावी अभियानमा जुटेका नेविसंघ पूर्वमहामन्त्री जीतजंग बस्नेत, पूर्व केन्द्रीय सदस्य अन्जान लामाले विद्यार्थी विभागमा र नेविसंघ पूर्व केन्द्रीय सदस्य राजिप ढुंगानाले वैदेशिक रोजगार विभाग सदस्यको पद अस्वीकार गरेका छन् । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा गठित संगठन विभागमा हिमाल कर्माचार्य, युवराज शर्मा, टंकप्रसाद राई, डा. तीर्थ खनियाँ, विनोद भट्टराई, मृदुला कोइरालालगायत छन् ।
त्यस्तै, दिलबहादुर घर्ती संयोजक रहेको स्थानीय निकाय विभागमा पूर्वसांसदद्वय अशोक कोइराला र बेखारत्न शाक्य, पार्टीका पूर्वमुख्यसचिवद्धय रामचन्द्र पोखरेल र वसन्तकुमार गौतम, राजेन्द्र केसी, रमेश धमलासहित २० जना छन् । सुजाता कोइराला संयोजक रहेको अन्तराष्ट्रिय विभागमा भने बलबहादुर कुँवर, डा। नवीन प्रकाशजंग शाह, केदारभक्त माथेमा, राजेश्वर आचार्य, डा। शम्भुराम सिम्खडा, दुर्गेशमान सिंह, बालगोविन्दराज भण्डारी, डा। दिनेश भट्टराई, आदिल गौचन, डा. रणबहादुर रावल, डा. गोविन्द सुब्बासहित २० जना छन् । त्यस्तै, मीना सुब्बा संयोजक रहेको सांस्कृतिक विभागमा सुबोध अधिकारी, नन्दकृष्ण जोशी, कुलचन्द्र सुवेदी, जनार्दन आचार्य, धमेन्द्र नेम्वाङ, राजकुमार राई भावना शाहीलगतायत छन् । त्यस्तै, मीना पण्डे संयोजक रहेको महिला विभागमा राधा घले कल्याणी रिजाल श्रीमती विना पौडेल, रुक्मिणी कोइराला सीता पौडेल कमला थापा, शान्ता रिजाल, मञ्जु खाँड, महेन्द्रा सुब्बा, कान्ता रिजाल सदस्य छन् । डा. मीनेन्द्र रिजाल संयोजक रहेको प्रचार विभागमा भने पत्रकार महासंघका पूर्वसभापति हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा, प्रेस युनियनका पूर्वअध्यक्षहरू कुलचन्द्र वाग्ले, समिरजंग शाह, रमेश तुफानसहित रीता गुरुङ, पोषण केसी, कविर राणा विपुल पोखरेल शिव लम्साल जगत् नेपाल तेजप्रकाश पण्डित, दामोदरप्रसाद दवाडी छन् ।
पूर्णता पाएका अन्य विभागमा संसदीय विभाग, तरुण विभाग, विद्यार्थी विभाग, पेसागत एवं वुद्धिजीवी विभाग, शिक्षा विभाग स्वास्थ्य विभाग, गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, अनुसन्धान तथा अभिलेख विभाग, उद्योग व्यापार विभागसहित ४२ ओटा विभाग छन् । केन्द्रीय सदस्य सूर्यमान गुरुङ संयोजक रहेको काठमाडौं सम्पर्क समिति समन्वय विभागलाई पनि ४२ओटै विभागमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा