पूर्व पंचहरूको दल एकीकृत राप्रपाको अध्यक्षमा सूर्यबहादुर थापा

५ जेष्ठ २०७०, आईतवार २१:२६ मा प्रकाशित

काठमाडौ, ५ जेठ । पूर्व पंचहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको जारी महाधिवेशनले एकीकृत पार्टीको अध्यक्षमा सूर्यबहादुर थापा चयन गर्ने भएको छ । जारी महाधिवेशनको आइतबारको बन्द सत्रमा राप्रपा अध्यक्ष पशुपति समशेर राणाले थापाको नाम प्रस्ताव गरेपछि एकीकृत पार्टीको अध्यक्षमा सूर्यबहादुर थापा चयन हुने निश्चित भएको हो । राप्रपा अध्यक्ष पशुपति समशेर राणाको एकीकृत पार्टीको अध्यक्षमा सूर्यबहादुर थापालाई चयन गर्ने प्रस्तावलाई नेता लोकेन्द्रबहादुर चन्द र प्रकास चन्द्र लोहनीले समर्थन गरेका थिए । यस अघि विवादका कारण अन्यौल ग्रस्त अधिवेशन पुन: सुचारु भए पछि एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने सहमति भएको छ । विवादमा रहेको अध्यक्ष पदको बिषय हाललाई अन्त्य भएको छ । यद्यपि पूर्व पंचहरूको दलको एकीकृत अधिबेशनले नेतृत्व र दलको नाम तय गरे पनि राजतन्त्र बारे दल भित्र रहेको बिभाजन बारे टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको