१ सय ६ वर्षिया वृद्धालाई नागरिकताको प्रमाणपत्र

५ जेष्ठ २०७०, आईतवार २०:०४ मा प्रकाशित

रुपन्देही, ५ जेठ । १ सय ६ वर्षमा नागरिकता प्राप्त भयो भन्दा अचम्म नमान्ने सायद कोही नहोलान् । तर यस्तै उदेकलाग्दो यथार्थ कथाको पात्र बन्न पुगेकी छिन् कपिलवस्तु जिल्ला हथौसा ७ भडिहवा निवासी नन्दीदेवी गैरे । उनलाई १ सय ६ वर्षको उमेरमा जिल्ला प्रशासनले घरैमा पुगी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको कोपवामा संचालनमा रहेको घुम्ती शिविर अन्तर्गत उहाँलाई प्रशासकीय अधिकृत पुरन गिरीले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता प्रदान गर्दै अधिकृत गिरीले हालसम्म यति लामो समयसम्मको उमेरको नागरिकलाई नागरिकता प्रदान नगरेको बताउनुभयो ।
वि.स १९६४ साल चैत १४ गते पर्वत जिल्लाको तत्कालीन मैदान गाविस ५ मा जन्मनुभएकी गैरेको  थुमपोखरा ४ स्यांग्जामा विवाह भएको र उहाँ २०३८ सालमा कपिलवस्तु वसाईसराई गरि आउनुभएको थियो । २०५२ सालमा जिल्ला विकास समितिले सामान्य परिचय पत्र दिएको र सोहिको आधारमा वृद्धा भत्ता खाँदै आएपछि नागरिकताको जरुरी नपरेकाले हालसम्म नवनाएको उहांका छोरा कुल प्रसाद गैरेले बताउनु भयो । अव निर्वाचनको लागि फोटो सहितको परिचयपत्रलाई नागरिकता चाहिने हुदा नागरिकता वनाइएको उहांका नाति मणि प्रसाद गैरेले बताउनु भयो ।  नागरिकतासँगै निर्वाचनको लागि चाहिने फोटोसहितको मतदाता नामावली समेत वनाइएको छ । उहां अझै सामान्य वोलचाल र घरमै आवाजावत गर्न सक्नुहुन्छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही