कुहिएकाले पार्टी छोडेको ओलीको आक्षेप

५ जेष्ठ २०७०, आईतवार १९:४९ मा प्रकाशित

काठमाडौं, ६ जेठ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्याल र ेरामचन्द्र झाले एमाले छाडेर आफ्नो पार्टीलाई कुनै फरक नपर्ने बताएका छन् । उनीहरु ठूलो भाग खोज्दै एमाओवादीमा गएका तर भविष्यमा पश्चातापमा पर्ने दाबी गर्दै प्रभावशाली एमाले नेता ओलीले कुहिएका, बिग्रेका सिद्धान्तहीन मानिसले धोका दिएर पार्टी छाडेको प्रस्ट्याए ।
इलाममा आइतबार आयोजित एक कार्यक्रममा नेता ओलीले एमालेले मात्रै देशमा जारी  संक्रमणको निकास दिन सक्ने दाबी गर्दै कांग्रेस पुरानो भइसकेको, माओवादी उग्रपन्थी विचार लिएको पार्टी भएको आरोप लगाए ।
उनले यतिबेला चुनाव अपरिहार्य भएकोले चुनावबाट कोही भाग्न नसक्ने उल्लेख गर्दै एमालेमा प्रवेश गर्नेको संख्या बढिरहेकोले आउँदो चुनावबाट एमालेले देशको नेतृत्व सम्हाल्ने दाबी गरे ।  माओवादीले देशमा शान्ति नचाहेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र