कांग्रेस निकट नेपाल निजामती युनियन औपचारिकरुपमै विभाजित

२३ चैत्र २०६८, बिहीबार २१:३८ मा प्रकाशित

काठमाडौ, २३ चैत्र । कांग्रेस निकट रहेको नेपाल निजामती युनियन बिहीबार विधिवत रूपमा विभाजित भएको छ । कांग्रेस निकट निजामती कर्मचारीहरूको संगठन नेपाल निजामती युनियनको संस्थापन पक्षले वीरगन्जमा केन्द्रीय समितिको बैठक गरिरहेका बेला राजधानीमा युनियनका असन्तुष्ट कर्मचारीहरूले बिहीबार आकस्मिक भेला गरी समानान्तर नयाँ संगठन खोलेपछी युनियन औपचारिकरुपमै विभाजित भएको हो ।

संस्थापन पक्षका अध्यक्ष सुवोध देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासचिव शोभाखर रेग्मीसहित पाँच जनालाई विधानविपरीत काम गरेको भन्दै निस्कासन गरेपछि आक्रोशित असन्तुष्ट समूहले नयाँ संगठन खोलेको जानकारी विभाजित युनियनका सदस्य विश्वबन्धु रेग्मीले दिएक छन् ।

काठमाडौँको वन विभागमा युनियनको असन्तुष्ट पक्षका पदाधिकारी र सदस्यहरूको नेतृत्वमा भएको लोकतन्त्रवादी कर्मचारीहरूको भेलाले युनियनका महासचिव शोभाखर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेका छन् । युनियनका अध्यक्ष देवकोटा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नयाँ संगठनका अध्यक्ष रेग्मी सभापति सुशील कोइराला पक्षधर हुन् ।

असन्तुष्ट समूहले आफूहरूले राजधानीमा बैठक गरी युनियनको एकताको पक्षमा निर्णय गरे पनि अध्यक्ष देवकोटाले विधानविपरीत केन्द्रीय समितिको बैठक बोलाई महासचिव, सचिव र केन्द्रीय सदस्यसहित पाँच जनालाई कारबाही गरेपछि आफूहरूले बाध्य भएर नयाँ संगठन खोलेको जानकारी रेग्मीले दिए ।

रेग्मीको अध्यक्षतामा गठित विभाजित नेपाल निजामती कर्मचारी संगठनको वरिष्ठ उपाध्यक्षमा राजन रेग्मी, उपाध्यक्षद्वयमा शान्त अर्याल र मुहम्मद सज्जाद आलम र महासचिवद्वयमा शरदकुमार अधिकारी र सुशीलकुमार केसी, सचिवमा ताराकुमार श्रेष्ठ, नवराज रिजाल, उत्तम कटुवाल, रुद्र गाउँले र हरिकान्त कर्ण, कोषाध्यक्षमा सीता घिमिरे र केन्द्रीय सदस्यमा विश्वबन्धु रेग्मी, बिमलकुमार आचार्यसहित १५ जना छन् । असन्तुष्ट समूहले खोलेको नयाँ संगठनमा युनियनको ५९ सदस्यीय केन्द्रीय समितिको ११ जनामात्र छन् । तर, संस्थापन पक्षले भने असन्तुष्ट समूहमा जम्मा केन्द्रीय समितिका सात जनामात्र रहेको दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।